८ वैशाख २०८१ शनिबार
प्रवास

युएईमा उभौली साकेला

अबुधावीस्थित मुसाफा पार्कमा साकेला मनाउन भेला भएका किरात समुदायका युवती। तस्बिर सौजन्य: नारायण बस्नेत

खोटाङ – युएईमा रहेका नेपालीले उभौली साकेला मनाएका छन्। रोजगारीका सिलसिलामा युएई पुगेका किरात राई, सुनुवार लगायतका समुदायका नेपालीले धुमधामकासाथ साकेला मनाएका हुन्।

किरात राई यायोक्खा तथा सुनुवार सेवा समाजको आयोजनामा अबुधावीस्थित मुसाफा पार्कमा साकेला मनाइएको हो। किराती परम्परा अनुसार अदुवा र चोखो जाँडले भूमिपूजा गरेपछि ढोल, झ्याम्टाको तालमा किराती भेषभुषामा सजिएका युवा युवतीको साकेला नाचले पार्क गुञ्जयमान बनेको थियो। बिश्राम हुने र विभिन्न ठाउँका नेपालीबीचमा भेटघाट हुने भएकाले पनि साकेला हर्षोल्लासकासाथ मनाइएको खोटाङ घर भइ हाल युएईमा रहेका नारायण बस्नेतले जानकारी दिए।

नेपालका किरात समुदायमा साकेला मनाइरहेकाबेला प्रवासमा पनि उभौली साकेला मनाइएको हो। प्रवासमा रहेपनि आफ्नो संस्कार, संस्कृति, परम्परा, भेषभुषाको जगेर्ना गर्नका लागि युएईमा रहेका किरात समुदायको आयोजनामा प्रत्येक वर्ष साकेला चाड मनाउने गरिएको छ। अघिल्लो वर्षको तुलनामा यसपल्ट साकेलामा किराती र गैर–किरातीको बाक्लो उपस्थिति रहेको बस्नेतले बताए।

प्रकाशित: २३ वैशाख २०७५ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App