७ वैशाख २०८१ शुक्रबार
समाज

६७ जनाले धारण गरे श्रामेणर

भक्तपुर – भक्तपुरको इनाचोस्थित मुनिविहार इनाचो भक्तपुरमा शनिबार ६७ जना पुरुषहरुको श्रामेणर (भिक्षु वन्नको लागि पहिलो चरण) प्रवज्या भएको छ। देशभरका एक दर्जन भन्दा वढी जिल्लाहरुबाट घर गृहस्थी त्यागेर भिक्षु हुन मन पराउनेहरुको सामूहिक प्रवज्या श्रामेणर भएको हो। घर गृहस्थी त्यागेर बौद्ध धर्म अनुसार भिक्षु बन्ने सुरुवातलाई श्रामेणर भनिन्छ। श्रामेणर तह पूरा गरेपछि भिक्षु बनिन्छ।  

प्रवज्यामा सहभागी हुन अघि उनीहरु आफना अभिभावकका साथ सामान्य पोशाकमा विहानै मुनिविहार पुगेका थिए। प्रवज्यामा सहभागी हुनु अगाडि उनीहरु सवैको केश मुण्डन (कपाल खौरिएको) गरिएको थियो। केश मुण्डनपछि उनीहरु सवैलाई सेतो पहिरन लगाइदिएको थियो। सेतो पहिरनपछि शपथग्रहणग गराई उनीहरुलाई चिरब (भिक्षुहरुले लगाउने जस्तो पहेँंलो वश्त्र) पहिराइएको थियो।

मुनिबिहार इनाचो भक्तपुरका भिक्षु अर्जुनका अनुसार मुनिबिहार भक्तपुरमा वर्षमा चार पटक यस्तो श्रामेणर प्रबज्या कार्यक्रम हुन्छ। डिसेम्वर, जनवरी, फ्रेबवरी र मे ५ गरी वर्षमा चार पटक पूर्व निर्धारित समय अनुसार प्रबज्या कार्यक्रम हुन्छ। यस अनुसार शनिबार यो वर्ष (सन् २०१८)को अन्तिम श्रामेणर प्रबज्या हो। यसअघि नै श्रामेणर हुन चाहने इच्छुकहरुलाई सार्वजनिक रुपमै सूचना दिइएको थियो। त्यस अनुसार इच्छुकहरु त्यसदिन अभिभावकसहित भेला भई कार्यक्रममा सहभागी भएका थिए।

विहारका अनुसार यो पटक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट पनि श्रामेणर बन्नका लागि बालबालिकादेखि प्रौढसम्म पनि आएका छन्। भक्तपुरदेखि हुम्ला, जुम्ला, जाजरकोट, डोल्पा, सुर्खेत, पांँचथर, खोटाग, उदयपुर, सिरहा, सप्तरीलगायतका जिल्लाहरुबाट श्रामेणर हुन आएका छन्।  विहारका अनुसार श्रामणेरमा पुरुष मात्रै सहभागी हुन्छन् । सहभागी हुनेहरु पाँंच कक्षा पढेका १० वर्ष उमेर माथिका हुनुपर्छ। विवाहित भए पनि घर गृहस्थी त्यागेर आए श्रामेणर हुन पाइने जनाइएको छ।

श्रामेणर प्रबज्या कार्यक्रममा आफना पाँंच कक्षामा पढ्ने ठूलो छोरा दिपेश लामिछानेलाई सहभागी गराउन सुर्खेतबाट विहारमा आएका तिलकले छोरालाई अनुशाशित बनाउन श्रामेणर बनाउन ल्याएको जनाए । सुर्खेतस्थित सरस्वती माध्यमिक सिरुपाटामा कक्षा ५ मा अध्ययन गरिरहेका छोरालई यही पढाई गराउँंदै भिक्षु बनाउने योजनाका साथ श्रामेणरमा सहभागी गराएको उनले जनाए।

भक्तपुरकै च्याम्हासिंहबाट श्रामेणर बन्न आएका ३७ वर्षीय राजु वासीले दुई छोरीसहितको १४ जना परिवारको घर गृहस्थी त्यागेर आफू श्रामेणरमा सहभागी हुन आएका जनाए। बौद्ध दर्शनबाट प्रभावित भएर आफू श्रामेणर बन्न आएको उनले जनाए।

विहारका अनुसार श्रामेणर वन्न आएकाहरुलाई विहारले नै गाँंस, बास र कपाससहित स्कुलको औपचारिक शिक्षा दिने वन्दावस्त पनि निशुल्क मिलाउँंदै आएको जनाएको छ। श्रामेणरहरुलाई स्थानीय श्री वाल सेवक निम्न माध्यामिक विद्यालय हनुमानघाट, समाज सुधार माध्यामिक विद्यालय लिवाली र नबिन निम्न माध्यामिक विद्यालय याता गोल्मढी भक्तपुरमा पढाउने व्यवस्था गरिएको जनाइएको छ।

श्रामेणर कार्यक्रममा सहभागी भई श्रामणेर बनेकाहरु घर गृहस्थी त्यागेर विहारमै बस्नुपर्छ। साथै भिक्षा लिन पनि उनीहरु सहभागी हुनुपर्छ। साथसाथै बौद्ध नियम पालना गरी जीवन व्यतित गर्नुपर्छ।

प्रकाशित: २३ वैशाख २०७५ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App