"
स्वास्थ्य

नराम्रो भावनाले मस्तिष्क कसरी प्रभावित हुन्छ?

शनिबार, २२ बैशाख २०७५, ०९ : १४ नागरिक


कुनै पुस्तक पढ्दा, चलचित्र हेर्दा वा अरु कसैको पीडा देख्दा हामीलाई पनि पीडा महसुस हुन्छ। मार्गरेट एटउडको उपन्यास ‘अ ह्यान्डमेड्ज टेल’मा अफ्रेडलाई भएका धेरै उतारचढावले मनमा धेरै पीडा थपेको पाठकहरू बताउँछन्।

यो आख्यानमा भएका धेरै कथानकहरू इतिहासको कुनै न कुनै कालखण्डबाट प्रभावित छन् । ‘मैले कुनै काल्पनिक बगैंचा बनाउन सक्थें भने ती दुष्ट मानिसहरू पुस्तकमा लेखेजस्तो वास्तवमै भएको हेर्न चाहन्थें,’ दी न्यूयोर्क टाइम्समा एटउडले लेखेकी छन्।

त्यसैले गर्दा हामीले सजिलोसँग अफ्रेडको स्थानमा राख्न सकेका छौं। र, उनीप्रति समानुभूति राख्न सकेका छौं । यो हाम्रो मानव जीवनको अरुले भोगेको भावना साटासाट गर्ने क्षमतासँग पनि सम्बन्धित छ। जब हामी अरुलाई चोट पुगेको वा दुःख भएको देख्छौं, पीडासँग जोडिएका मस्तिष्कका भागहरू सक्रिय हुन थाल्छन् । यसले हाम्रो संवेगात्मक अवस्थाले महसुस गर्न सक्ने समानुभूतिमा प्रभाव पर्छ भन्ने कुरा देखाउँछ । हाम्रो भावना र मनोदशा अरुहरू पीडामा हुँदा वा खुसी हुँदा त्यसैअनुसार परिवर्तन हुन्छ। खासमा जब हामी नराम्रो महसुस गर्छौं, हाम्रो सामाजिक संसारमा त्यसको प्रभाव रहन सक्छ।

मनोदशाले हाम्रो व्यवहारलाई धेरै हिसावले प्रभाव पार्न सक्छ । यसले हामीले खाने कुराको छनोटमा समेत असर गर्छ। जब हामी खराव मनोदशा वा दुःखमा हुन्छौं, हामीले कम स्वस्थकर खानेकुरा खान्छौं। जब हाम्रो साथी दुःखी वा उदास हुन्छन्, हाम्रो भावना पनि त्यसबाट प्रभावित हुन्छ। त्यसपछि हामी पनि दुःख महसुस गर्छौं । गत वर्ष भएको एक अध्ययनले नराम्रो भावना र मनोदशाहरू सामाजिक सञ्जालमा पनि फैलिन सक्ने देखाएको छ।

राम्रो मनोदशा हुँदा भावनाहरू निकै शक्तिशाली हुन्छन् भने चोटमा हुँदा त्यो शक्ति विस्तारै क्षीण हुँदै जान्छ । सकारात्मक भावनामा रहँदा त्यसले चोटलाई कम गर्न सक्ने शक्ति बढ्छ । नकारात्मक भावना बढ्दै जाँदा पीडाप्रतिको भावना झन् बढ्दै जान्छ।

२०१७ डिसेम्बरमा भएको एक अध्ययनले हामीलाई नकारात्मक महसुस हुँदा अरुको पीडाप्रति हामीले गर्ने व्यवहारलाई असर गर्ने बताएको थियो। यसले हाम्रो समानुभूतिलाई घटाउने अध्ययनमा उल्लेख थियो । युनिभर्सिटी अफ जेनेभाका इमिली क्वायो टासेरिट र उनको टोलीले अरु मानिसहरू पीडामा हुँदा हाम्रो भावनाहरूले कसरी असर गर्छन् भनेर बुझ्न चाहेका थिए। मानिसहरूलाई उनीहरूको खुट्टामा राखिएको तापक्रम बढाउने सामानको माध्यमबाट पीडा महसुस हुने गराइएको थियो। यो टोलीले सहभागीहरूलाई ब्रेन स्क्यानरको प्रयोग गर्दै सकारात्मक र नकारात्मक भावना आउने खालका चलचित्र देखाएको थियो । त्यस्तै, पीडा महसुस हुने खालका चलचित्र हेरिरहेका मानिसहरूको भावना अरू मानिसलाई अवलोकन गर्न लगाइएको थियो। त्यो अवलोकन गरिरहेको मानिसहरूको भावनालाई ब्रेन स्क्यानरबाट स्क्यान गरिएको थियो। टोलीले पीडा भइरहेको मानिसहरूलाई अवलोकन गरिरहेका सहभागीहरूलाई पनि पीडा महसुस हुन्छ की हुँदैन भनेर बृहत् अवलोकन गरेको थियो।

त्यो अवलोकनमा नकारात्मक चलचित्र हेरेका र अरुलाई पीडामा देखिरहेका व्यक्तिहरूको मस्तिष्कले पीडासँग सम्बन्धित मस्तिष्कको भागमा कम क्रियाकलाप देखायो । ती भागहरू एन्टेरियर इन्सुला र बीचको सिन्गुलेट कर्टेक्स थिए। यिनीहरू सामान्यतयाः हामीले अरुलाई पीडामा देख्दा र हामीले आफै पीडा महसुस गर्दा सक्रिय हुन्छन्। ‘अन्य शब्दमा भन्दा नकारात्मक भावनाहरूले अरुको पीडाप्रति संवेदनशील बन्ने हाम्रो मस्तिष्कको क्षमतालाई असर गर्न सक्ने देखियो,’ क्वायो टासेरिटले भने।

त्यो अध्ययनले भावनाहरूले हाम्रो मस्तिष्कको अवस्था वास्तवमै परिवर्तन गर्न सक्ने देखाएको छ। त्यसले गर्दा हाम्रो आफ्नो भावना अरूको भावना लिने वा अनुभव गर्ने बेलामा परिवर्तन गर्छ।

क्वायो टासेरिट र उनका सहकर्मीहरूले गरेको अर्को अध्ययनले नकारात्मक चलचित्र हेरेपछि मानिसहरूले सामान्य वा तटस्थ अवस्थालाई नकारात्मक रूपले मूल्यांकन गर्ने गरेको पत्ता लगाएको छ।

यी नतिजाहरूको वास्तविक जीवनसँग पनि सम्बन्ध छ। यदि जीवनमा नकारात्मक अवस्था भोगिरहेको कुनै व्यक्ति शक्तिमा छ भने, उसले पीडामा रहेका अन्य सहकर्मीहरूप्रति कम संवेदनशील भएर व्यवहार देखाउन सक्छ। यसले गर्दा अन्य सहकर्मीप्रति अझ नकारात्मक व्यवहार देखाउन सक्ने सम्भावना पनि हुन्छ । हाम्रो खराव भावनाले अन्य व्यक्तिहरूको भावनाप्रति कम संवेदनशील बनाउँछ।

किन नकारात्मक भावनाले हाम्रो समानुभूतिलाई कम गर्छ त? समानुभूति तनाब भनिने विशेष खालको समानुभूतिको कारण हुन सक्ने अध्ययनहरूले देखाएको छ । युनिभर्सिटी आफ जेनेभाको ओल्गा क्लिमेस्कीले ‘व्यग्रताको भावना’ भएको बताउँछिन् । यो भनेको कसैलाई नराम्रो हुँदा उनीहरूप्रतिको नकारात्मक भावनाबाट बच्नुको साटो आफूलाई जोगाउन चाहेको भावना हो । यस प्रकारको समानुभूतिले सामान्य समानुभूतिको तुलनामा फरक खालको मस्तिष्कको सक्रियता देखाउँछ। यस्ता खालका अवस्थाले प्राकृतिक रूपमै दया, माया र करुणा घटाउने पनि अध्ययनले जनाएको छ।

क्लिमेस्की र उनका सहकर्मीहरूले समानुभूतिमा हुने उतारचढावले आक्रोस बढाउने कुरा पत्ता लगाए । उनीहरूले गरेको अध्ययनमा सहभागीहरूले अप्रिय अवस्था देखाए। त्यसपछि उनीहरूले आफ्नो प्रतिस्पर्धीहरूलाई सजाय वा माफी दिन अवसर दिइएको थियो। सहभागीहरूलाई ल्याबमा प्रवेश गर्नुअघि उनीहरूको व्यक्तित्व जाँच गर्न भनिएको थियो। प्राकृतिक रूपमा दयावानहरूले तुलनात्मक रूपमा राम्रो व्यवहारबाट प्रतिक्रिया दिएका थिए।

मानिसहरूमा हुने समानुभूतिको बारेमा क्लिमेस्कीको यो विस्तृत अनुसन्धानमा, दयावान व्यवहार बढाउन भने सम्भव भएको देखिएको छ। दयावान समानुभूतिको भावनाको बारेमा तालिम दिन सकिने कुरा उनले पत्ता लगाएकी थिइन्। अरुप्रतिको हाम्रो भावनात्मक प्रत्युत्तर ढुंगामा कुँदिएको कुराजस्तो नभएको उनी बताउँछिन्।

यसले हामीले हाम्रो भित्री समानुभूतिलाई परिवर्तन गर्न सकिने देखाएको छ। अरु कोही तनावमा भएको बेलामा पनि हाम्रो समानुभूतिलाई परिवर्तन गर्न सक्ने क्लिमेस्कीको अध्ययनमा उल्लेख छ । हामीले जति धेरै सकारात्मक रूपमा हेर्छौ, त्यसले अरुको भावनाप्रतिको हाम्रो धारणालाई फराकिलो बनाउन पनि सक्ने अध्ययनको दाबी छ। ‘यसले राम्रो सम्बन्धका लागि योगदान गर्न सक्छ, जुन मानिस खुसी रहने प्रमुख कारण हो,’ क्वायो टासेरिटले भनेकी छन्।

(बिबिसीबाट अनुवाद)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...