६ वैशाख २०८१ बिहीबार
समाज

अज्ञात समूहद्वारा गाडीमा आगजनी

इलाम –मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे २ बजेतिर राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । चालक बिब्ल्याँटे बजारमा शुक्रबार राती बास बसेर शनिबार बिहान पाँचथर जाँदै थिए । ‘आगजनीबाट गाडीको ड्राइभर बस्ने सिट जलेको छ, करिब २ लाख रुपैयाँको क्षति भएको अनुमान छ,’ उनले भने । आगजनी गर्ने समूहको खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।

यातायात व्यवसायीले शुक्रबार देशभर यातायात बन्द आह्वान गरेका थिए । तर, व्यवसायीको बन्द शनिबारदेखि फिर्ता भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि बन्द आह्वान गरेकाले मेची राजमार्गमा सवारीका साधन पातलो गरी चलेका छन् ।
 

प्रकाशित: २२ वैशाख २०७५ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App