७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मी र मनाङ आमने–सामने

इलाम – चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको शुक्रबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा पहिलो संस्करण विजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुँदैछन्। अपराह्न ३ बजे ठूलो टुँडिखेलमा हुने खेलमा चीरपरिचित दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

मनाङले क्वार्टरफाइनलमा आयोजक माइभ्याली क्लबमाथि १–० को कठिन जित निकालेको थियो। आर्मीले क्वार्टरमा भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गरेको थियो। राष्ट्रिय टिमका भरत खवासको कप्तानीमा इलामकै मंगलबारे घर भएका चर्चित स्ट्राइकर नवयुग श्रेष्ठसहित विकेश कुथु, अन्डर–१९ का सन्तोष तामाङलगायतलाई आर्मीले मैदान उतार्दैछ। मनाङ राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा राष्ट्रिय टिमका सुजल श्रेष्ठ, अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठसहित आर्मीविरुद्ध भिड्दैछ।

आर्मी माइभ्याली गोल्डकपको तेस्रो संस्करणमा रमपम झापा–११ सँग फाइनलमा पराजित भएको थियो। आर्मी र मनाङ गत सिजनमा दुहबी, झिलझिले, काँकडभिट्टा र धनगडी गोल्डकपमा ४ पटक आमने–सामने भएका थिए। तीमध्ये दुहबी गोल्डकपमा मनाङले र बाँकी ३ वटामा आर्मीले बाजी मारेका थिए।

प्रकाशित: १४ वैशाख २०७५ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App