coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार सय बेडको मातृशिशु भवनको काम ठप्प

तस्बिर : रोहित/नागरिक

धरान  – स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटसमेत रोक्का गर्दा विगत ५ महिनादेखि मातृशिशु भवनको निर्माण कार्य ठप्प भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

आफ्नो एक बर्षे कार्यकाल पुरा गरेका उपकुलपति डा.राजकुमार रौनियारले बिहिबार पत्रकार सम्मेलन गर्दै पुर्व स्वास्थ्य मन्त्री दिपक बोहराले मातृशिशु भवनसँगै कार्डियोलोजी र अंकोलोजी भवनको निर्माण सम्बन्धी कुनै पनि भुक्तानी नगर्नु तथा नगराउनु भन्ने निर्णय गरेपछि गत मंसिरदेखि मातृशिशु भवनको निर्माण कार्य रोकिएको जानकारी दिए ।

चुनाव पछि कामचलाउ सरकार परिवर्तन हुनै लाग्दा मन्त्री बोहराले प्रतिष्ठानले तीन वटा भवन निर्माणमा योजनासहित थप बजेटको माग गरेपछि त्यसबारे छानबिन समिति गठन गर्नुका साथै मंसिर ८ गते भुक्तानी रोक्ने निर्णय गरेका थिए । भुक्तानी नपाएपछि ठेकेदार कम्पनीले निर्माणाधिन मातृशिशु भवनको काम रोकेको छ । जसले गर्दा सरकारकै प्राथमिकतामा परेको मातृशिशु भवन अलपत्र छ।

उपकुलपति रौनियारका अनुसार चालु आर्थिक बर्षमा मातृशिशु भवनको लागि ३० करोड बजेट विनियोजन भएको थियो । त्यसमध्ये २० करोड मात्र खर्च हुन सकेको छ । ‘मातृशिशु भवनको १० करोड खर्च गर्न पाएका छैनौं, त्यसैले ठेकेदारले काम पनि गरिरहेको छैन । मन्त्रालयबाट वा सिनेटबाट फुकुवा नभएसम्म भुक्तानी गर्न सक्दैनाै,’उपकुलपति रौनियारले भने,‘अंकोलोजी र कार्डियो सेन्टरको पनि बजेट रोक्का छ, यसको जिम्मेवारी मैले कसरी लिन सक्छुँ।

प्रकाशित: ७ वैशाख २०७५ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App