८ वैशाख २०८१ शनिबार
समाज

बुद्धकृष्णले छैठौं पटक जिव्रो छेडाए

बुद्धकृष्ण बाग श्रेष्ठले आइतबार जिब्रो छेडेपछि। तस्बिर: दिपेन्द्र रोक्का

भक्तपुर- हजारौं जात्रालुहरुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बाडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि नगरपालिका ८ बोडेकै स्थानीय बुद्धकृष्णले बोडे उच्च माविसँगैको बोडे लायकु चोकमा जिव्रो छेडाएका हुन्। करिव एक फिट लामो फलामको सुइरोले बुद्धकृष्णको जिव्रो छेडिएको हो। जिव्रो छेडदा बाजागाजासहित वाहवाही भएको थियो। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँमा जिव्रो छेड्ने जात्रा हुने प्रचलन छ।

यसअघि बुद्धकृष्णलाई बाजागाजाको टोलीसहित जात्रास्थल जिव्रो छेड्ने् लायकु चोकमा ससम्मान ल्याइएको थियो। करिव साढे दुई बजे जिव्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँचो गणेशको रथलाई भागुटोल पुर्‍याएपछि सियो निकालिएको थियो। त्यसपछि महालक्ष्मीको माटोले जिव्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा ठोकिएको थियो।

बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँ वायाँ बस्ने भूत पिसाचले बोडेबासीलाई दु:ख दिन्थे।

जिव्रो छेडने बुद्धकृष्ण तीन दिनदेखि केही नखाई ब्रत बसिरहेका थिए। साथै जिव्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुवाएर राखिएको थियो। जिव्रो छेड्ने क्रममा रगत बग्दैन।

विस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा हुने विभिन्न जात्राहरुमध्ये जिव्रो छेड्ने जात्रा सवैभन्दा लोकप्रिय जात्रा हो। यहाँको सिन्दुर जात्रा पनि उत्तिकै लोकप्रिय छ। जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोडेमा हजारौंको भीड लागेको थियो। जात्रा हेर्न मध्यपुर थिमिका विभिन्न टोलका मात्रै नभई भक्तपुर अनि काठमाडौ, ललितपुर, कीर्तिपुर, काभ्रेपलान्चोक लगायतका विभिन्न ठाउँका जात्रा प्रेमीहरु सयौंको संख्यामा आएका थिए। जात्राको दिन दिनभर बोडेमा जात्रालुहरुको भीड लागेको थियो।

बृद्धकृष्णले यो वर्ष छैठौं पटक जिव्रो छेडेको हुन्। गतवर्ष पनि उनैले जिव्रो छेडेका थिए। यस अघि उनले नौ वर्ष अघि निरन्तर चार पटक जिव्रो छेडिसकेका थिए। आमाको निधन भएको वर्ष उनले पाँचौ पटक जिव्रो छेडेका थिएनन्। बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ पटक जिव्रो छेडेका थिए। त्यसअघि भने बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिव्रो छेडेका थिए।

परम्परादेखि चल्दै आएको जिव्रो छेडने जात्रामा हालसम्म धेरैले जिव्रो छेडाइसकेका छन्। तर हालसम्म १३ जनाको नामावली मात्रै छ। पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले एक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँ श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, मुनि घो श्रेष्ठले एक, धर्मराज बलाम श्रेष्ठले एक, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण बाग श्रेष्ठले ६ र जुजुभाइ वाग श्रेष्ठले आठ पटक जिव्रो छेडाइसकेका जनाइएको छ।

बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँ वायाँ बस्ने भूत पिसाचले बोडेबासीलाई दु:ख दिन्थे। जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारेको विश्वास छ। त्यसपछि जनताले कसैले कपाल काटिदिए त कसैले जिव्रोमा सियो घुसाइदिए। अनेक दुःख, वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने बचन दिए। त्यसपछि सात वर्षसम्म जिव्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिबृष्टि हुन नदिन बाचा गराइएको किंम्वदन्ती रहेको स्थानीयहरु बताउँछन्। बाचाअनुसार सात वर्षसम्म पिसाचले जिव्रो छेडे। पछि जात्रालाई निरन्तरता दिन वोडेकै कोही व्यक्तिको जिव्रो छेड्न लगाइयो र हालसम्म यो परम्परा छ।

प्रकाशित: २ वैशाख २०७५ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App