७ वैशाख २०८१ शुक्रबार
समाज

ल्योसिंखेलमा उठाइयो ५५ हात लामो लिंगो

भक्तपुर – भक्तपुरको ल्योसिंखेलमा शुक्रबार साँझ ५५ हात लामो लिंगो उठाइएको छ । साँंझ करिव साढे ६ बजे हजारौं यवाहरुले डोरीको सहायताले तानेर लिंगो उठाएका हन्।

लिंगो उठाएको जात्रा हेर्न यो दिन ल्योसिंखेलमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायतका छिमेकी जिल्लाहरुबाट हजारौं जात्राप्रेमीहरू सहभागी भएका थिए। 

काठमाडौंको टोखा, भक्तपुरकै पोटरी स्क्वायर, मध्यपुर थिमिको बोडेलगायतका स्थानमा विस्केट जात्राको क्रममा लिंगो उठाउने जात्रा अझै चलनमै रहे पनि भक्तपुरको ल्योसिंखेलमा उठाउने लिंगो जात्राको विशेष आकर्षण छ । यसो हुनुको मुख्य कारण लिंगो लामो (५५ हात) हुनु नै हो। सयौं युवाहरूले तान्दा पनि घण्टौ लगाएर यो लिंगो उठाउनुपर्ने हुन्छ। 

कैटी (अलिअलि उठ्न थालेपछि अडेस लगाउन बनाइएकोे) हरुबाट भरथेग गराउँदै डोरीको सहायताले तान्दै लिंगो उठाउने गरिन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन ल्योसिंखेलमै लिंगो उठाउने गरिन्छ । लिंगो उठेको भोलिपल्ट अर्थात वैशाख १ गते उठाइएको लिंगो हेर्न र पूजाआजा गर्न आउनेहरूको दिनभर ठूलो मेला लाग्छ । उठाइएको लिंगोलाई वैशाख १ गते साँंझ ढालिन्छ । वर्षको अन्तिम दिन उठाएर अर्काे वर्ष मात्रै ढाल्ने भएकाले लिंगो एक वर्ष उभिएको मानिन्छ। 

लिंगो उठाउन सुरु गर्नुअघि ल्योसिंखेलबाट झण्डै आधा किलोमिटर माथि गहिटीमा राखिएको भैरबनाथको रथलाई तानेर ल्योसिंखेलमा ल्याइपु¥याएको थियो । यसलाई स्थानीयहरू भैरबनाथलाई लिंगो उठाएको देखाउन ल्याइएको भनी बुझ्छन । भैरबनाथको रथ ल्योसिंखेल ल्याइपु¥याएपछि विधिपूर्वक लिंगो उठाउने क्रम सुरु हुन्छ। 

यसअिघ दिउँंसो भक्तपुरको पोटरी स्वायरमा पनि हात नभएको लिंगो उठाएको थियो । यो लिंगो स्थानीय टोलबासी मिलेर उठाएका थिए । यो लिंगो भने जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढालिन्छ। 

प्रकाशित: ३० चैत्र २०७४ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App