८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

ढोरपाटनमा स्थानीयसँग प्रधानमन्त्री

बागलुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए। ढोरपाटन क्षेत्रको अवलोकन र स्थानीयसँगको अन्तर्क्रिया पछि प्रधानमन्त्री राराको लागि उडेका थिए।

प्रधानमन्त्री ओली रक्षामन्त्री ईश्वर पोख्रेल, पर्यटनमन्त्री रबिन्द्र अधिकारी लगायत मन्त्रीहरुको टोलीसंगै ढोरपाटन पुगेका थिए। आरक्षको अवलोकन पछि स्थानीय तहका जनप्रतिनि र स्थानीय जनतासंग कुराकानी गर्दै ढोरपाटनलाई पनि जोगाउने गरी जलविद्युत निर्माण गर्ने बताए। ‘उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट विद्युत निकाल्न सकिन्छ भन्ने छ,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसो गर्दा यहाँको बस्ती र ढोरपाटनको सुन्दरता पनि नासिन सक्छ । ढोरपाटनको सुन्दरता पनि बचाउने र विद्युत पनि उत्पादन गर्ने गरी काम अगाडी बढाउनुपर्छ ।’

 जलासय युक्त उत्तरगंगा हाईड्रो पावर परियोजनाबाट चार/पाँच सय मेगावाटसम्म विद्युत उत्पादन गरिने बताए। ‘हामीलाई विद्युत र पर्यटकीय क्षेत्र सबैको आवश्यकता छ,’ ओलीले भने,‘दुबैबाट फाईदा लिने गरी योजना अगाडी बढाउनुपर्छ ।’

पर्यटनमन्त्री रबिन्द्र अधिकारीले ढोरपाटन प्रदेश नम्बर ४ कै उत्कृष्ट पर्यटन गन्तव्य अन्तर्गत पर्ने बताए । ‘अहिले काठमाडौंबाट त सम्भव नहोला तर पोखराबाट ढोरपाटन मुख्य पर्यटकीय क्षेत्रको रुपमा राखेर यसको प्रचार प्रसार र विकास गर्नका लागि पहल गर्छौं,’ उनले भने,‘ढोरपाटको विमानस्थल सञ्चालनमा ल्याउन सके यहाँ पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रक्षामन्त्री ईश्वर पोख्रेलले स्थानीयसंग समन्वय गरेर नेपाली सेनाले आरक्षको रक्षा गर्ने बताए।

 

प्रकाशित: ३० चैत्र २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App