coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

खेल चलिरहदा पानी परेपछि छाता ओडेर हेर्दै दर्शकहरु। तश्विर : गिरिराज/नागरिक

पाँचथर – पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउसो ३ बजेदेखि फिदिम माविको खेल मैदानमा हुने छ। सुनसरीले आफ्नो टिमसँगै विभागीय टोली नेपाल आर्मीका खेलाडीहरु मैदानमा उतार्दै छ। उता ताप्लेजुङ थ्रिस्टार, झापा–११ र मोरङ–११ का चर्चित अनुहार लिएर मैदानमा आउँदै छ।

सुनसरीको अर्को खेल दक्षिणी रविमा पनि जुधेकाले आर्मीका खेलाडी थपेको छ। सुनसरीको टिमबाट आर्मीका टंक बस्नेत, दिपक गुरुङ, जितेन्द्र कार्की, पदम तामाङ, असोक खवासले खेल्दै छन्। यस्तै हेमन्त थापामगर, निशान लिम्बु, विवश चौधरी लगायतका खेलाडीहरु सुनसरीको प्लेइङ सेटमा छन्। सुनसरीले तीन महिना अगाडि यही मैदानमा सम्पन्न फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको  थियो।

यस्तै ताप्लेजुङबाट रजिन धिमाल, खमिर गिल्सन कन्दङवा, कर्ण लिम्बु, दिपक राई, विकास थुलुङ, विकास लिम्बु लगायतका स्टार खेलाडी मैदानमा उत्रिने  क्लबका अध्यक्ष हाङनागरायण लिम्बुले जानकारी दिए। ताप्लेजुङले यस अघी आयोजक पाँचथर क्लवलाई हराएको थियो।

आइतबारदेखि फिदिममा पाँचथर गोल्डकप फुटबल प्रतियोगिता जारी छ। वैशाख–२ गते फाइनल खेल हुने छ। शुक्रबार अर्को सेमिफाइलनमा विर्ता युनाइटेड झापाले रेडहर्ष इलामसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताको विजेता टिमले ३ लाख, ५ हजार, ५ सय, ५५ रुपैयाँ नगद र ट्रफि पाउने छ भने उपविजेताले १ लाख, ५५ हजार, ५ सय, ५५ रुपैयाँ र ट्रफि पाउने छ। सर्वोकृष्ट  खेलाडीले मोटरसाइकल पुरस्कार पाउने छ।

प्रकाशित: २९ चैत्र २०७४ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App