७ वैशाख २०८१ शुक्रबार
प्रवास

जापानमा तेस्रो तमु धिं रनिङ फुट्सल प्रतियोगिता हुने

जापान- टोकियोमा तेस्रो तमु धिं जापान रनिङ फुट्सल प्रतियोगिताको आयोजना हुने भएको छ। जापानकै पुरानो सामाजिक संस्थाको रूपमा चिनिने तमु धिं जापानको आयोजनामा अप्रिल १५ मा तेस्रो तमु धिं जापान रनिङ कप फुट्सल प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको बारेमा आइतबार टोकियोस्थित वारकाडे गुड टाइम हल शिनओकुबुमा पत्रकार सम्मेलन गरी जानकारी दिईयो। गुरुङ समुदायको भाषा,संस्कृति,संस्कार र मौलिकतालाई प्रवासमा पनि निरन्तरता दिदै आएको तमुधिंले गत बर्ष देखि जापानमा खेलकुदका प्रतियोगिताहरूको आयोजना गर्न थालेको तमुधिं जापानका निवर्तमान अध्यक्ष तथा पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ्ले बताए।

प्रतियोगितामा प्रथम हुने टिमले प्रथम पुरस्कार ५ लाख ११ हज़ार १ सय ११ येन ,दोस्रो २ लाख १ सय ११ येन र तेस्रेा हुने टिमलाई नगद पुरस्कार १ लाख ११ हज़ार १ सय ११ को साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने एनआरएनए अभियन्ता तथा संस्थाकी अध्यक्ष अनिता गुरूङले नागरिकन्युजलाई जानकारी दिईन्। प्रतियेागिताको लागि जम्मा ३२ वटा टिमले नाम दर्ता गराएका छन्।

तमु धिं जापानका अध्यक्ष अनिता गुरूङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव चित्र गुरूङले गरेका थिए ।

 

प्रकाशित: २८ चैत्र २०७४ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App