८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरवासीको सोच गल्लीजस्तै साघुँरो छ’

रमिला न्यौपाने, गायिका

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई पोखरा मनपर्छ । पोखरा छुट्टै विशेषता बोकेको सुन्दर सहर हो । यहाँ अनेकौं रमाइला दृश्य र पर्यटकीय मार्गहरू छन् । देशका अरु सहरको तुलनामा पोखरा सफा र व्यवस्थित छ । सहरमा धुवाँधुलो र प्रदूषण देखिन्न।

नेपालबाहिर मनपर्ने सहर ?
मलाई जापानको टोकियो सिटी मनपर्‍यो । यो सहरमा पुग्दा ठ्याक्कै नेपालको झल्को आउँछ । सहरको वरिपरि हरियाली छ । सबैखाले सेवा–सुविधा छन् । सहरवासी पनि जिम्मेवार र अनुशासित छन् । एकले अर्कोको चासो राख्छन् । सहरमा विग्रह गर्दैनन्, त्यसैले पनि यो सहर सबै पक्षमा सुन्दर भएको हो ।

अहिलेसम्म कुन–कुन देश पुग्नुभयो ?
मैले घुमेका ११ देशमध्ये अस्टेलिया, जापान, रसिया, थाइल्यान्ड, हङकङ, कतार, मलेसिया, दुबईलगायत छन् । ती देशका मुख्य सहरमा पनि राम्ररी घुमेकी छु । हाम्रो तुलनामा बाहिरी मुलुकका सहर धेरै विकसित र व्यवस्थित छन् । सहरको बनावट शैली पनि आकर्षण छ । हरेक देशका सहरमा आनुधिकतासँगै आफ्ना चिनारी र पुराना कलाकृतिहरू सजाइएका छन् । सहरको बीच खन्डमा हरियाली कायम गरिएको हुन्छ ।

विदेशी सहरको कुन पक्षले तपार्इंको ध्यान तान्यो ?
विदेशका सहरमा पाइने हरेक पक्ष ध्यान तान्ने खालका छन् । सहर आकर्षक पनि छन् । हामीभन्दा ढिलो २० वर्षअघि मात्रै स्थापना भएका सहरहरू धेरै व्यवस्थित र विकसित भएका छन् । सहरमा हरेक खालका सुविधा छन् । यहाँका नागरिकले चाहेको बेला हरेक खालका सेवा–सुविधा लिन सक्छन् । चिल्ला सडक, सडक छेउमै हरियाली, सुन्दर गार्डेन, सपिङ मल, सहरभित्र सजाइएका पुराना कलाकृति लगायतले मेरो ध्यान तान्यो ।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता पाएँ । हाम्रो र विदेशका सहरको बनावट नै फरक छ । भौगोलिक अवस्था पनि फरक छ । प्रकृतिले नै नेपाललाई अन्य देशभन्दा भिन्न बनाएको छ । तर, हामीले प्रकृतिले दिएको फरक पहिचान कोर्न सकेनौं । देशभित्रका असिमित अवसर खोज्न सकेनौं । यसैले पनि हाम्रा सहरलाई विदेशीसँग दाज्न मिल्दैन।

यदि विकास गर्ने हो भने केही बेर पनि लाग्दैन, नेपाललाई अघि बढ्न । सरसर्ती तुलना गर्दा विदेशका सहर सफा र व्यवस्थित छन् । हाम्रा सहर फोहोर र अव्यवस्थित छन् । प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ । यहाँको प्राकृतिक सौन्दर्य र सम्पदाले विश्वको ध्यान तानेको छ ।

हाम्रा सहर व्यवस्थित नहुनुको कारण के हो ?
राज्य सत्तामा हुनेले काम गरेनन् । सहर बनाउने र विकास निर्माणका काम गर्ने निकायका व्यक्तिले राजनीति गर्न थाले । चुनावको बेला सय दिनमै काठमाडौंलाई हराभरा पार्छु भन्ने मेयरहरू अहिले हराएका छन् । चुनावी बाचा भुलेका छन्। यस्तै कारणले पनि हो, देश बिग्रने । सरकारमा रहने व्यक्ति गम्भीर भएर काम गरिदिएको भए सहर अहिलेजस्तो अस्तव्यस्त हुने थिएन होला । यहाँका नेता र कर्मचारी कसैले पनि स्वच्छ मनले काम गरेनन् ।  
तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर व्यवस्थित होस् । सहरलाई चलाउने राज्य व्यावहारिक होस् । हरेक नागरिकले समान अधिकार पाउन् । सहरभित्र कसैले पनि भेदभाव खेप्न नपरोस् । एकले अर्कालाई अवरोध नगरुन् । सहरका हरेक सेवा–सुविधा चुस्त होस् । यति भयो सहर राम्रै लाग्छ ।

उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सिंगो नेपालको केन्द्रविन्दु हो । यहाँ हरेक सेवा–सुविधा छन् । उपत्यका बाहिर जन्मनेहरूका लागि त झन् यो ठाउँ सपनाको सहर जस्तै हो । किनभने देशभरका मानिसहरू अवसर खोज्दै काठमाडौं आएका छन् । मैले यो सहरलाई चिन्न थालेको १४ वर्ष भयो । यहाँजस्तो विशेषता विश्वका अरु कुनै सहरमा भेटिन्न।

यहाँ अनेकौं महत्व र विशेषता बोकेका ऐतिहासिक सम्पदाहरू छन् । पुराना कलाकृतिहरूले दरबार क्षेत्र सजिएका छन् । मात्रै हामीले काठमाडौंलाई चिन्न सकेनौं । यहाँको माटोको मूल्य बुझ्न सकेनौं । प्रकृतिले यति धेरै सुविधा दिँदा पनि हामीले उपयोग गर्न सकेनौं । कुर्चीमा बस्नेहरूले सहर बनाउनुपर्छ भन्ने हेक्का राखेनन् ।

यहाँको धुवाँधुलो र अस्तव्यतता कम गर्न के गर्नुपर्ला ?

अहिले उपत्यकामा राम्राभन्दा नराम्रा पक्षहरू धेरै छन् । मैले सुनेको र देखेको आधारमा भन्नुपर्दा पहिलाको काठमाडौं अहिलेभन्दा व्यवस्थित थियो । हिजो त्यति राम्रो र सुन्दर काठमाडौं अहिले अस्तव्यस्त हुनुमा सरकारकै कमजोरी देखिन्छ । सरकारले नै तदारुकता नदेखाएका कारण यहाँ विकास निर्माणका काममा अति नै ढिलासुस्ती हुने गरेको छ।

उपत्यकाको मन नपर्ने पक्ष के हो ?
यहाँका मन नपर्ने पक्षहरू धेरै छन् । प्रदूषण, ट्राफिक जाम र मानिसको भीडभाड देख्दा काठमाडौं अस्तव्यस्त लाग्छ ।  अहिले त झन् सहरका हरेक चोक अव्यवस्थित भएका छन् । यहाँका भित्री साँघुरा गल्लीहरू असुरक्षित छन् । अर्को दुःख लाग्ने पक्ष के हो भने यहाँको उर्वर जमिन धमाधम प्लटिङमा परिणत हुँदैछ ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासी पनि गैरजिम्मेवार छन् । बाहिरबाट आएकाभन्दा उपत्यकामै जन्मिएकाहरूले सहरलाई फोहर बनाएका छन् । जथाभावी फोहर फाल्ने, एक–अर्काको कुरा काट्ने, छिमेकीको खुट्टा तान्न सहरवासीवासी सिपालु छन् । यहाँका बेथितिबारे सहरवासी एक भएर आवाज उठाउन खोज्दैनन् । सहरवासीको सोच यहाँका गल्लीहरू जस्तै साघुँरो छ ।
यहाँको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ । पुराना बस्ती र मठ–मन्दिरले गर्दा पनि काठमाडौं मलाई ज्यादै मनपर्छ । पहाड, हिमाल सबै यहीबाट देख्न पाइन्छ । अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ । हामीलाई प्रकृतिले नै नापेर हावापानी दिएको छ ।

मन भएर पनि घुम्न नपाएको सहर ?
जाने ठाउँहरू धेरै छन् । अमेरिका र क्यानडा मनैदेखि पुग्न इच्छा छ ।

साथीभाइसँग कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यतिधेरै घुम्न हिँड्दिनँ । फुर्सदका बेला दरबारमार्गतिरै जान्छु ।

पछिल्ला समय घुमेको सहर ?
केही समयअघि अस्टेलियाको सिड्नी पुगेकी थिएँ । यो सहर धेरै नै सुगम र व्यवस्थित छ ।
प्रस्तुति : शिवहरि घिमिरे

 

‘सहरवासीको सोच गल्लीजस्तै साघुँरो छ’
रमिला न्यौपाने, गायिका

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मलाई पोखरा मनपर्छ । पोखरा छुट्टै विशेषता बोकेको सुन्दर सहर हो । यहाँ अनेकौं रमाइला दृश्य र पर्यटकीय मार्गहरू छन् । देशका अरु सहरको तुलनामा पोखरा सफा र व्यवस्थित छ । सहरमा धुवाँधुलो र प्रदूषण देखिन्न ।

नेपालबाहिर मनपर्ने सहर ?
मलाई जापानको टोकियो सिटी मनपर्‍यो । यो सहरमा पुग्दा ठ्याक्कै नेपालको झल्को आउँछ । सहरको वरिपरि हरियाली छ । सबैखाले सेवा–सुविधा छन् । सहरवासी पनि जिम्मेवार र अनुशासित छन् । एकले अर्कोको चासो राख्छन् । सहरमा विग्रह गर्दैनन्, त्यसैले पनि यो सहर सबै पक्षमा सुन्दर भएको हो ।

अहिलेसम्म कुन–कुन देश पुग्नुभयो ?
मैले घुमेका ११ देशमध्ये अस्टेलिया, जापान, रसिया, थाइल्यान्ड, हङकङ, कतार, मलेसिया, दुबईलगायत छन् । ती देशका मुख्य सहरमा पनि राम्ररी घुमेकी छु । हाम्रो तुलनामा बाहिरी मुलुकका सहर धेरै विकसित र व्यवस्थित छन् । सहरको बनावट शैली पनि आकर्षण छ । हरेक देशका सहरमा आनुधिकतासँगै आफ्ना चिनारी र पुराना कलाकृतिहरू सजाइएका छन् । सहरको बीच खन्डमा हरियाली कायम गरिएको हुन्छ ।

विदेशी सहरको कुन पक्षले तपार्इंको ध्यान तान्यो ?
विदेशका सहरमा पाइने हरेक पक्ष ध्यान तान्ने खालका छन् । सहर आकर्षक पनि छन् । हामीभन्दा ढिलो २० वर्षअघि मात्रै स्थापना भएका सहरहरू धेरै व्यवस्थित र विकसित भएका छन् । सहरमा हरेक खालका सुविधा छन् । यहाँका नागरिकले चाहेको बेला हरेक खालका सेवा–सुविधा लिन सक्छन् । चिल्ला सडक, सडक छेउमै हरियाली, सुन्दर गार्डेन, सपिङ मल, सहरभित्र सजाइएका पुराना कलाकृति लगायतले मेरो ध्यान तान्यो ।

विदेश र नेपालका सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता पाएँ । हाम्रो र विदेशका सहरको बनावट नै फरक छ । भौगोलिक अवस्था पनि फरक छ । प्रकृतिले नै नेपाललाई अन्य देशभन्दा भिन्न बनाएको छ । तर, हामीले प्रकृतिले दिएको फरक पहिचान कोर्न सकेनौं । देशभित्रका असिमित अवसर खोज्न सकेनौं । यसैले पनि हाम्रा सहरलाई विदेशीसँग दाज्न मिल्दैन । यदि विकास गर्ने हो भने केही बेर पनि लाग्दैन, नेपाललाई अघि बढ्न । सरसर्ती तुलना गर्दा विदेशका सहर सफा र व्यवस्थित छन् । हाम्रा सहर फोहोर र अव्यवस्थित छन् । प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ । यहाँको प्राकृतिक सौन्दर्य र सम्पदाले विश्वको ध्यान तानेको छ ।

हाम्रा सहर व्यवस्थित नहुनुको कारण के हो ?
राज्य सत्तामा हुनेले काम गरेनन् । सहर बनाउने र विकास निर्माणका काम गर्ने निकायका व्यक्तिले राजनीति गर्न थाले । चुनावको बेला सय दिनमै काठमाडौंलाई हराभरा पार्छु भन्ने मेयरहरू अहिले हराएका छन् । चुनावी बाचा भुलेका छन् । यस्तै कारणले पनि हो, देश बिग्रने । सरकारमा रहने व्यक्ति गम्भीर भएर काम गरिदिएको भए सहर अहिलेजस्तो अस्तव्यस्त हुने थिएन होला । यहाँका नेता र कर्मचारी कसैले पनि स्वच्छ मनले काम गरेनन् ।  
तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर व्यवस्थित होस् । सहरलाई चलाउने राज्य व्यावहारिक होस् । हरेक नागरिकले समान अधिकार पाउन् । सहरभित्र कसैले पनि भेदभाव खेप्न नपरोस् । एकले अर्कालाई अवरोध नगरुन् । सहरका हरेक सेवा–सुविधा चुस्त होस् । यति भयो सहर राम्रै लाग्छ ।

उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सिंगो नेपालको केन्द्रविन्दु हो । यहाँ हरेक सेवा–सुविधा छन् । उपत्यका बाहिर जन्मनेहरूका लागि त झन् यो ठाउँ सपनाको सहर जस्तै हो । किनभने देशभरका मानिसहरू अवसर खोज्दै काठमाडौं आएका छन् । मैले यो सहरलाई चिन्न थालेको १४ वर्ष भयो । यहाँजस्तो विशेषता विश्वका अरु कुनै सहरमा भेटिन्न।

यहाँ अनेकौं महत्व र विशेषता बोकेका ऐतिहासिक सम्पदाहरू छन् । पुराना कलाकृतिहरूले दरबार क्षेत्र सजिएका छन् । मात्रै हामीले काठमाडौंलाई चिन्न सकेनौं । यहाँको माटोको मूल्य बुझ्न सकेनौं । प्रकृतिले यति धेरै सुविधा दिँदा पनि हामीले उपयोग गर्न सकेनौं । कुर्चीमा बस्नेहरूले सहर बनाउनुपर्छ भन्ने हेक्का राखेनन् ।

यहाँको धुवाँधुलो र अस्तव्यतता कम गर्न के गर्नुपर्ला ?

अहिले उपत्यकामा राम्राभन्दा नराम्रा पक्षहरू धेरै छन् । मैले सुनेको र देखेको आधारमा भन्नुपर्दा पहिलाको काठमाडौं अहिलेभन्दा व्यवस्थित थियो । हिजो त्यति राम्रो र सुन्दर काठमाडौं अहिले अस्तव्यस्त हुनुमा सरकारकै कमजोरी देखिन्छ । सरकारले नै तदारुकता नदेखाएका कारण यहाँ विकास निर्माणका काममा अति नै ढिलासुस्ती हुने गरेको छ ।
उपत्यकाको मन नपर्ने पक्ष के हो ?
यहाँका मन नपर्ने पक्षहरू धेरै छन् । प्रदूषण, ट्राफिक जाम र मानिसको भीडभाड देख्दा काठमाडौं अस्तव्यस्त लाग्छ ।  अहिले त झन् सहरका हरेक चोक अव्यवस्थित भएका छन् । यहाँका भित्री साँघुरा गल्लीहरू असुरक्षित छन् । अर्को दुःख लाग्ने पक्ष के हो भने यहाँको उर्वर जमिन धमाधम प्लटिङमा परिणत हुँदैछ ।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासी पनि गैरजिम्मेवार छन् । बाहिरबाट आएकाभन्दा उपत्यकामै जन्मिएकाहरूले सहरलाई फोहर बनाएका छन् । जथाभावी फोहर फाल्ने, एक–अर्काको कुरा काट्ने, छिमेकीको खुट्टा तान्न सहरवासीवासी सिपालु छन् । यहाँका बेथितिबारे सहरवासी एक भएर आवाज उठाउन खोज्दैनन् । सहरवासीको सोच यहाँका गल्लीहरू जस्तै साघुँरो छ ।
यहाँको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ । पुराना बस्ती र मठ–मन्दिरले गर्दा पनि काठमाडौं मलाई ज्यादै मनपर्छ । पहाड, हिमाल सबै यहीबाट देख्न पाइन्छ । अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ । हामीलाई प्रकृतिले नै नापेर हावापानी दिएको छ ।

मन भएर पनि घुम्न नपाएको सहर ?
जाने ठाउँहरू धेरै छन् । अमेरिका र क्यानडा मनैदेखि पुग्न इच्छा छ ।

साथीभाइसँग कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यतिधेरै घुम्न हिँड्दिनँ । फुर्सदका बेला दरबारमार्गतिरै जान्छु ।

पछिल्ला समय घुमेको सहर ?
केही समयअघि अस्टेलियाको सिड्नी पुगेकी थिएँ । यो सहर धेरै नै सुगम र व्यवस्थित छ ।
प्रस्तुति :  शिवहरि घिमिरे

प्रकाशित: २६ चैत्र २०७४ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App