coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेक्वान्दोमा कलीलो फड्को

काठमाडौं बालाजुका आर्जेस सिंखडाको  सानैदेखि तेक्वान्दो खेलमा रुची  राख्थे । विद्यालयमा पनि उनी यसै खेलमा रमाए। त्यसैले उनी घर नजिकैको डोजाङमा  खेल सिक्न गए । त्यहाँ आयोजना हुने प्रतियोगितामा पनि विजयी हुन थाले । ८ वर्षिय उनले अघिल्लो शनिबार त  थाइल्यान्डको बैंककमा आयोजित प्रतियोगितामा रजत पदक हात पारेर स्वदेश फर्किए।

‘देश बाहिर गएर खेलेर पुरस्कार ल्याउन पाउँदा निकै खुसी लागेको छ,’ मंगलबार त्रिभुवन विमानस्थलमा भेटिएका सिंखडाले भने, ‘हाम्रो परिवारमा पनि सबैजना खुसी हुनु भएको छ ।’ शुक्रबार नेपालबाट  बंैकक गएका उनी आफ्ना साथीसँगै  मंगलबार घर फर्किएका हुन्।

आर्जेस मात्र हैन, प्रतियोगितामा भाग लिन गएका १२ मध्ये ११ जनाले पदक प्राप्त गरेका छन् । प्रतियोगितामा पहिलो हुनेलाई स्वर्ण पदक, दोस्रो हुनेलाई रजत तथा तेस्रो हुनेलाई कास्य पदक दिने गरिन्छ । नेपाली पाँच नेपाली खेलाडीले रजत तथा ६ नेपाली खेलाडीले कास्य पदक हात पारेका हुन्।

विदेशी भूमीमा उनीहरूले आफ्नै तौल समूहका विभिन्न देशका प्रतिद्वन्दीसँग खेलेका थिए । कोही भारतीयसँग लडे, कोही मलेसियनसँग अनि कोही थाई खेलाडीसँग । अन्य देशकालाई हराउन सकेपनि थाई खेलाडीसँग भने नेपाली खेलाडी पछि परेका थिए।

बैककबाट पदक जितेर स्वदेश फर्कदा विमानस्थलमा सरकारी अधिकारी त कोही थिएनन् । तर, उनीहरूका अभिभावक भने हँसिलो अनुहार लिएर पुगेका थिए ।   गलामा पदक भिरेर आएका नानीहरूलाई विमानस्थलमा स्वागत गर्न पाउँदा अभिभावकको खुसीको सीमा थिएन।

पदक जितेर स्वदेश फर्कदा विमानस्थलमा सरकारी अधिकारी त कोही थिएनन् । तर, उनीहरूका अभिभावक भने   पुगेका थिए।  गलामा पदक भिरेर आएका नानीहरूलाई विमानस्थलमा स्वागत गर्न पाउँदा अभिभावक पनि कम्ता खुसी भएनन्।

आफ्नो छोरालाई लिन विमानस्थल आइपुगेकी अनुपमा अधिकारी छोरालाई फूलको माला र अबिरको टिका लगाउँदै अँगालोमा बाधिन् । ‘उनीहरूल ल्याएको पदकले हामीलाई निकै खुसी बनाएको छ,’ उनी भन्छिन्, ‘आगमी दिनमा अझै अगाडि बढोस् भन्ने शुभकामना दिन चाहन्छु।’

त्यस्तै धारणा राखिन् सिर्जना सुवेदीले पनि । उनको छोराले पनि रजत पदक हात पारेका हुन् । लिटिल स्टारमा कक्षा ३ मा अध्यनरत शुभ सुवेदीले विदेशमा गएर खेल्दा अलिकती डर र अलिकता रमाइलो लागेको अनुभव सुनाए । ‘डर पनि थियो, रमाइलो पनि लाग्यो,’ उनले भने, ‘नयाँ साथीहरू पनि बनाएर आएका छौँ।’

पिपुल्स फ्रेन्डसिप एकडेमिकी नम्रता कँडेलको अनुभव पनि उस्तै छ । उनी प्रतियोगितामा तेस्रो भएर कास्य पदक प्राप्त गरिन् । तर, खुसी स्वर्ण पाएको भन्दा कम्ता थिएन । ‘अहिले तेस्रो भएको छु,’ उनले भनिन्, ‘पछि सिक्दै गएर पहिलो बन्नेछु।’

अर्पण पाण्डेयको अनुभव पनि उस्तै छ । फरक देशका फरक मानिससँग खेल्न र मिल्न पाउँदा धेरै कुरा सिकेको उनले सुनाए । ‘खेलमा हारजीत भन्दा पनि नयाँ ठाउँमा धेरै रमाइलो भयो,’ उनले भने, ‘नयाँ सहर देखियो, नयाँ साथी बनाइयो।’

उनीहरूसँगै गएका टोलीको मुख्य प्रशिक्षकमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए)का अध्यक्ष अशोक खड्काले विदेशमा गएर नानीहरूले उत्साहका साथ खेलेको सुनाए । ‘सुरुमा केही डराएपनि पछि उनीहरू डराउदैन थिए,’ खड्काले भने, ‘पदकसँगै उनीहरूको आत्मविश्वास पनि बढेको छ।’

चौधौँ एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागी टोलीले पाँच रजत ६ कास्य पदक प्राप्त गरेको उनले बताए ।  पुरुष ३६ केजीमा आर्जेस सिंखडा, ५३ केजीमा राहुल गुरुङले कास्य पदक जितेका हुन् । त्यसैगरी पुरुष २७ केजीमा मुकेश पाण्डेय, ३७ केजीमा सौरभ बस्नेत, ३० केजीमा अर्पण पाण्डेय,  पुम्से कालो पेटीमा राजेन्द्र डंगोल र राजकुमार ठकुरीले कास्य पदक जितेका छन् । त्यसैगरी महिला ४० केजीमा नम्रता कँडेलले कास्य पदक जितेकी  उनले सुनाए।

खेलमा सहभागी हुन शुक्रबार १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैंकक प्रस्थान गरेको थियो । पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा वसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजीमा आर्जेस सिंखडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरभ बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोल रहेका छन् । महिला ३९ केजीमा नम्रता कँडेल र पुम्सेमा माया पाण्डेले  प्रतिष्पर्धा गरेका हुन्  । टिमका सहायक प्रशिक्षकमा राजकुमार ठकुरी तथा व्यवस्थापकमा विशाल कँडेलपनि साथमा गएका थिए।

प्रकाशित: २४ चैत्र २०७४ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App