coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

युवा र प्रहरीको सकृयतामा तातोपानी कुण्ड सफाई

मस्र्याङदी गाउ“पालिका ६ बाहुनडाँडाफेंदी स्थित तातोपानी कुण्ड र आसपासमा सरसफाई गर्दै बाहुनडाँडाका युवाहरु। तस्बिर : नागरिक

लमजुङ – उत्तरीभेगको मस्र्याङदी गाउ“पालिका–६ बाहुनडाँडा फेंदीमस्र्याङदी किनारमा रहेको तातोपानी कुण्ड आसपासका क्षेत्रमा फोहोर थुप्रिदै गएपछि स्थानीय युवा र प्रहरीले सरसफाई गरेका छन्।

तातोपानीमा नुहाएपछि छाला तथा नसा सम्बन्धि समस्या हट्ने बिश्वासका साथ देशका विभिन्न स्थानबाट कुण्डमा नुहाउन आउनेहरुले फोहोर गरेपछि उनीहरुले सरसफाई गरेका हुन्।     

बाहुनडा“डास्थित योङस्टार क्लवमा आवद्ध ३ दर्जन युवायुवती र प्रहरीले संयुक्तरुपमा तातोपानी कुण्ड र त्यस आसपासमा सरसफाई गरेका हुन्। आगन्तुकहरुले फालेका कपडा, सिसा, जंकफुडका प्याकेट, सामान राख्ने प्लाष्टिक र कागज जस्ता फोहर जथाभावी फालेकाले सो क्षेत्रमा फोहरमैला बढेको योङस्टार क्लवका उपाध्यक्ष तथा गुरुङ चलचित्रका नायक विष्णु गुरुङले बताए। कुण्डमा नुहाउने र मस्र्याङ्दी किनारमा बनभोज खाने जस्ता गतिविधि पछि काम नलाग्ने वस्तुहरु जथाभावी मिल्काउने प्रवृत्तिले पछिल्लो समयमा सो क्षेत्रमा प्रदुषण बढ्दै गएको उनको भनाई छ।

बेंसीसहर–मानङ सडकखण्डको मर्स्याङदी गाउ“पालिका–३, अर्खलेबेंसी मर्स्याङदी नदी पारी रहेको तातोपानी कुण्डमा दैनिक सयौं मानिसहरु नुहाउन आउने गरेको श्रीचोरका कुमबहादुर गुरुङ बताउँछन्। त्यहाँ बर्षेनी आन्तरिक तथा वाह्य पर्यटक सँगै बाथ, हाडजोर्नी, दाद, घाउ, खटिरा, चाया“, मुसा जस्ता चर्मरोगहरु निको हुने विश्वासले तातोपानीमा नुहाउनेको ओईरो लाग्ने गरेको गुरुङले बताए।

सार्वजनीक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्नु क्लवको दायित्व रहेको र सर्वसाधारणमा पनि सरसफाई सम्बन्धि सचेतना जगाउने उद्देश्यले आफुहरु सरसफाई कार्यमा जुटेको उनी बताउँछन्। गाउँका युवा, आमासमूह, बाबासमूह, प्रहरीजस्ता निकायको समन्वय र सहकार्यमा आगामी दिनमा पनि तातोपानी कुण्ड सरसफाई कार्यलाई निरन्तरता दिईने क्लवका पदाधिकारी बताउँछन्। सरसफाईका क्रममा जैविक फोहोरलाई जलाएका छन् भने नकुहिने फोहोरलाई खाडल खनेर पुरिदिएका छन्। सोही अवसरमा युवाहरुले कुण्डको फोहोर पानी फालेर नया“ पानी भरेको बताएका छन्। कुण्डको सफाई सँगै उनीहरुले सो क्षेत्रमा जाने बाटो पनि मर्मत गरेका छन्।

मानिसको भीड लाग्ने र जथाभावी फोहोरमैला फाल्ने क्रम बढ्दै गएपछि पछिल्लो समय सो क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न निकै समस्या भईरहेको मस्र्याङ्दी गाउँपालिका उपप्रमुख होमबहादुर विक बताउँछन्। कुण्डको मर्मतसम्हार देखि सरसफाई लगायतका लागि गाउँपालिकाबाट योजना निर्माण गरिएको र आगमी बर्ष थप व्यवस्थित बनाईने उनको भनाई छ।

प्रकाशित: २३ चैत्र २०७४ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App