coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पिज्जा खानेको पकौडा मोह

इटलीको लुक्काबाट नेपाल घुम्न आएकी कार्ला रोतान्दु शनिबार भक्तपुर पुगिन् । दरबारक्षेत्र घुमेपछि उनी टौमडी जानेबाटोको नेवारी रेस्टुरेन्टमा अडिइन् । त्यहाँ उनले समोसा, बारा, आलुचप र पकौडा अर्डर गरिन्।

इटलीमा पिज्जामा मनपराउने उनले भक्तपुरमा भने पकौडा चाखिन् । ‘पिरो र मसलादार भएपनि मिठो छ,’  उनले पकौडा चाख्दै भनिन्, ‘पहिलो पटक यस्तो स्वादको अनुभव गर्दैछु ।’
उनीमात्र हैन उनीसँगै  इटलीबाट आएका १६ जनाको समूह भक्तपुरको साकोटास्थित भवानीभक्त दृष्टीको पसलमा रमाए।

त्रिभुवन विमानस्थलमा सिधै भक्तपुर आएका उनीहरूले पसलमा रहेका समोसा, पकौडा, बारा र आलुचप एकै छिनमा सिध्याए ।‘मलाई यो ‐समोसा) निकै मन पर्‍यो,’ स्टेफानो रोसीले भनिन्, ‘यो भित्र रहेको आलु निकै मिठो छ ।’ नेपाली खानेकुरा सडक छेउमै बसेर उनीहरूले पकापक खाएको दृश्यले धेरैको ध्यान समेत खिचेको थियो । उनीहरू जिब्रो फट्कार्दै स्वाद लिइरहेका थिए।

‘आलुचप अलि पिरो छ,’ भेनिसबाट आएका बेती गुलीले भनिन्, ‘त्यसैले यो मैले खान सकिन ।’ उनलाई  पकौडा मीठो लागेपनि बाराको स्वाद भने निकै भिन्न रहेको बताइन् । ‘यो न पिरो छ न मसलादार छ,’ उनले भनिन्, ‘त्यसैले मैले थपेर खाए ।’उनले मात्र हैन, अधिकांशले बारा थपेर खाएको पसले भवानीभक्तले सुनाए । ‘यहाँ विदेशी त थुप्रै आउँछन तर यत्ति स्वाद मानेर खाने विरलै आउँछन्,’ उनले भने, ‘पसलको सामान एकै छिनमा सकाए।’

इटलीमा पिज्जामा मनपराउने उनले भक्तपुरमा भने पकौडा चाखिन् । ‘पिरो र मसलादार भएपनि मिठो छ,’  उनले पकौडा चाख्दै भनिन्, ‘पहिलो पटक यस्तो स्वादको अनुभव गर्दैछु ।’

पर्यटकलाई लिएर भक्तपुर आएका पथप्रदर्शक राजकुमार थापा पनि पर्यटकको रोजाई देखेर दंग परे । ‘मैले उहाँहरूलाई  पिरो र चिल्लो छ भनेर सम्झाएँ,’ उनले भने, ‘तर उनीहरूले नेपाली खानाको अनुभव भन्दै मज्जाले खाए।’

नेपाल आउने पर्यटकले विदेशी भन्दा पनि मौलिक खानामा रमाउने पर्यटक सूचना केन्द्रका दामोदर सुवालको अनुभव छ । तर, यस्ता कुरा हाइजेनिक भैदिए झनै राम्रो हुने उनको बुझाइ छ । ‘हामीले पर्यटकको रोजाइ अनुसार नेपाली खानेकुरालाई प्रमोट गर्दे लैजानु पर्छ,’ उनी भन्छन्, ‘यसले भक्तपुर घुम्न आएका पर्यटकले यहाँका कला संस्कृतिसँगै  खानेकुराको पनि आनन्द लिन पाउने छन्।’

 

प्रकाशित: २३ चैत्र २०७४ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App