७ वैशाख २०८१ शुक्रबार
कला

सर्वनाममा अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सव

काठमाडौं – आफ्नी छोरी, चेली र श्रीमती बलात्कृत हुँदा परिजनको अवस्था कस्तो होला रु पक्कै पनि त्यो अवस्था कसैलाई सह्य हुँदैन । यतिबेला नेपाली समाजमा बलात्कार रुपी विकृति फैलँदै गएको छ।

पाँच वर्षकी कलिली नानीदेखि ८० वर्षका हजुरआमामाथि समेत बलात्कार हुन थालेको समाचार दैनिकजसो नै छापिइरहेका छन् । समसामयिक परिवेश दर्शाउँदै सर्वनाम थिएटरमा मञ्चन गरिएको ‘अतिरिक्त आकाश’ ले यस्तै परिवेशलाई नाटकको विषय बनाएको छ।

सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय एकल नाट्य महोत्सवको सुरुवात गर्दै सो नाटक प्रदर्शन गरियो । मल्लले ३५ वर्षअघि मञ्चन गरेको ‘अतिरिक्त आकाश’ नाटक पुनःमञ्चन गर्नुको पछाडि उनले त्यो बेला महसुस गरेको अवस्था अहिले बल्झँदै जानु पनि रहेको नाटककार अशेष मल्ल बताउँछन् । पत्नी बलात्कारमा परेपछि चार बलात्कारीको हत्या गरेर जेल परेका पतिको मानसिक अवस्था नाटकमा दर्शाउन खोजिएको छ।

‘मैले श्रीमतीलाई चिठी लेखे नि।।। शान्तिले चिठी पाएपछि पंकुलाई पनि सुनाउँछ’, जेलमा रहेका पात्र बोल्छन्, ‘तिनीहरूले त मलाई हजारौं पटक मारे मैले एकै पटक मारे त के गल्ती गरें पुलिस दाइ रु’ नाटकको यो संवादले बलात्कारको हिंसामा परेकी बालिका, महिला वा युवतीका परिवारजनको असीम पीडा व्यक्त गर्छ । बलात्कार जस्तो घटना समाजमा हुँदा यसले समाजलाई मात्र हैन माानिसको मानसिकतामै असर गरेको नाटकमा देखाइएको छ।

मल्लको लेखन तथा निर्देशनमा कलाकार अभिनित मल्लले एकल अभिनय गरे । नाटकलाई जिवन्त पार्न संगितकार राजु सिंहले संगीत तथा कला निर्देशक राज शाहले कलात्मकता भरेका थिए ।सर्वनाम थिएटरको ३६ औं वर्ष गाँठको अवसरमा महोत्सवको आयोजना गरिएको सञ्चालक अशेष मल्लले बताए । महोत्सवको दोस्रो प्रस्तुतिका रुपमा लन्डनको प्रतिनिधित्व गर्दै ‘द कोट’ नाटकको प्रिमियर पनि गरिएको थियो।

निर्देशक मिचेल वुडवुड र सियोन्ड जोन्सको लेखनी रहेको हास्यव्यंग्यात्मक ५५ मिनेट लामो नाटक हेरिरहँदा मञ्चमा धेरैले चार्ली च्याप्लिनको स्मरण गरे । सियोन्डले निर्वाह गरेका दर्जनौं व्यक्तिको भूमिका हेर्दा लाग्थ्यो एउटै व्यक्तिले त्यति धेरै पृथक भूमिका गर्न सहज थिएन । एउटी युवतीले कोट किनेर लगाएपछि सुरु भएको नाटक अन्तमा त्यही कोट फेरि उक्त पसलमै पुगेर टुंगिन्छ । तर त्यसबीचमा हुने कोटको रोमाञ्चक यात्राको वर्णनमा कलाकारले जादुयी अभिनय गर्छिन्।

‘नाटकको थिम ३० वर्षअघि नै फुरेको हो तर गर्न सकिएन,’ निर्देशक वुडवुडले भने, ‘पसलमा यसैगरी सजाएर राखिएको कोट देखेपछि नाटक गर्ने सोच पलाएको थियो ।’ पृथक भूमिकाको जोखिमका बारेमा कलाकार सियोनडले थपिन्, ‘जब तपाईं आपूmले नै ती भूमिकामा महसुस गरेर डुबिन्छ तब सबै सरल हुँदै जान्छन्।’

त्यस्तै सोमबार चिनियाँ नाटक ‘ग्रास स्टेज’ प्रस्तुत गरियो । युवावस्थाको दृष्टिकोणको परिकल्पनामा तयार पारिएको नाटकले एउटा व्यक्तिको युवावस्था नै समग्र युवावस्था हो त रु एउटा मानिसको भविष्य नै समग्र मानिसको भविष्यको सूचक हो त रु भन्ने प्रश्न गरेको छ । जीवनमा मानिस अनुभूत गर्ने युवा अनुभूतिलाई कलाकार झाओ छाउले अभिनयमार्फत देखाए।

मंगलबार भारतीय कलाकार रितुपर्ना विश्वासले अभिनय गरेको नाटक ‘इलादी’ प्रदर्शनी गरियो । त्यस्तै बंगलादेशको समिमा साकितले अभिनय गरेको ‘सोनिटर हाट’, स्कटल्याण्डको ‘द चियर वेयर मुभ्ट टु गिभ मि प्यासेज’, पेरिस र नेपालको संयुक्त प्रस्तुति ‘परफरमेन्स विथ मास्क’ पनि प्रस्तुत गरिएको थियो।

महोत्सवका बारेमा हङकङका पुराना कलाकार मोक्षले सन १९८९ ताका नै आपूmले दक्षिण एसियाली मुलुकको कला संस्कृतिका बारेमा चाल पाएको बताए । ‘त्यो बेला कोरियामा अभिनयको तालिम लिन जाँदा एसियाली कलाकारसँग भेटेपछि यताको कलाको अपार खानीका बारेमा बुझें,’ उनले भने, ‘त्यसपछि नै म यतातिर आकर्षित भएँ।

’ मल्लसँगको उनको साझेदारी त्यही बेलादेखि सुरु भएको थियो । थिएटरमा काम गर्ने कलाकार र यहाँ प्रस्तुत हुने कलाबाट अभूतपूर्व अनुभूति सँगाल्न सकिने उनले सुनाए । भारतका चर्चित रंगकर्मी सुवोध पट्नाले सर्वनाम थिएटरको जन्मदिनसँगै एकल नाटक महोत्सवको पनि जन्म दिन भएको सुनाए।

महोत्सवले देशविदेशमा थिएटरको क्षेत्रमा भइरहेको उतारचढाब बुझ्न  सघाउने मल्लले बताए । नेपालमा थिएटरको क्षेत्रलाई फिल्म क्षेत्रजस्तो चर्चा र सुविधा राज्यले नदिइरहेको अवस्थामा नीजि तवरबाटै महोत्सवको आयोजना हुनु कलाकर्मीका लागि ठूलो अवसर भएको सहभागिहरूले उल्लेख गरे । बिहीबारसम्म चल्ने महोत्सवमा नेपाल, भारत, वंगलादेश, हङकङ, फ्रान्स, नेदरल्याण्ड, स्कटल्यान्ड, युके लगायतका देशको सहभागिता छ।
 

प्रकाशित: २२ चैत्र २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App