coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

काठमाडाैं- राजधानीकाे साँखुमा ८ दिने बज्रयोगिनी मेला शुरु भएको छ। हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।

उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई  प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।

काठमाडाैं, भक्तपुर र ललितपुरबाट दरशानार्थीको घुइँचो लाग्ने यो मेलामा ८ दिनसम्म विभिन्न स्थानबाट देवी देवताका प्रतिमालाई रथमा राखी साँखु ल्याइन्छ। अग्लो स्थानमा अवस्थित बज्रयोगिनीको मन्दिरबाट रथहरु ओरालोमा गुडाउँदाको दृश्य रोमाञ्चक देखिन्छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App