७ वैशाख २०८१ शुक्रबार
प्रवास

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

टोक्यो- जापानको टोक्योमा एक समारोहबीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोस्थित हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो। 

 अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले आयोजना गरेको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए। 

नागानो प्रीफेक्चार अन्तर्गत रहेको तातेसिना भन्ने ठाउमा ३९ जना हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु समेटी तातेसिना पुस्तक आकार दिइएको हो । प्रा रामकुमार पाण्डे र प्रकाश पौडेल माइलाको हाइकुको बारेमा लेखिएको खोजमुलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ। 

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु सन्कलनको सम्पादक हाइकु कवि प्रकाश पौडेल माइला हुन । बिगत १३ वर्ष देखी जापान मै रही हाइकुको क्षेत्रमा कलम चलाईरहने ‘माइला’ अनेसासका केन्द्रीय कार्य समितीका उपाध्यक्ष समेत हुन ।

अनेसास जापानका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथी भने साकुराको रुखलाई मानिएको थियो । सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भन्डारी , पिताम्बर  पदमपानी, पुस्कर जङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भन्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, पदम ठगुन्ना, अरुण पौडेल लगाएतले आफ्ना विचार राखेका थिए।कार्यक्रमलाई रबिन शर्मा र सङ्गीता कुवरले संचालन गरेका थिए।

 

प्रकाशित: २० चैत्र २०७४ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App