coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’

कानुनमन्त्री नरेश भण्डारी सम्बोधन गर्दै । तस्बिर : पवित्रकुमार शाही

कालिकोट – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।

रारा कर्णाली पर्यटन वर्ष २०७५ का लागि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री भण्डारीले भने, ‘कर्णालीको माटोमा हिरा छ। तर, कालिगको चाहियो। तिला र कर्णाली नदी सेतो सुन हो। राराजस्ता ताल हाम्रा हिरा हुन् ।’ प्रदेश कानुन मन्त्री भण्डारीले कर्णाली प्रदेश लाई पर्यटन हवका रुपमा परिचित गर्न पर्यटन मैत्री नीति  र पर्यटनमैत्री संरचना निर्माण गर्न जरुरी भएको बताए । कर्णालीलाई रोग, भोग र गरिबिको परिचय नदिइ अव समृद्धिको सम्भावनालाई उजागार गर्न आवश्यक रहेको बताए।

मन्त्री भण्डारीले भने, ‘प्राकृतिक सम्पदाले भरिएको कर्णालीमा पर्यटन विकासको ठूलो सम्भावना रहेको छ । कर्णालीलाई संसारसामु चिनाउन कर्णालीवासीले एकजुट हुन जरुरी छ ।’ पर्यटनलाई थप प्रभाकारी बनाउन समृद्धिमैत्री कानुनको आवश्यक भएको मन्त्री भण्डारीले बताए । उनले भने, ‘नयाँ वर्ष २०७५ को शुभ अवसरमा कर्णाली प्रदेशमा रहेको मुगु रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको नाममा सम्वोधन गर्ने कार्यले कर्णालीको इतिहासलाई नै उद्घाटन गरे जस्तै हुनेछ ।’ कानुनमन्त्री नरेश भण्डारीलगायतका तीनजना मन्त्री शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख भएर कालिकोट पुगेका हुन्।

आगामी नयाँ वर्ष २०७५ वैशाख १ गते रारा कर्णाली पर्यटन वर्ष २०७५ को प्रारम्भ रारा तालबाटै हुने भएकाले कर्णालीको पर्यटन विकासले फट्को मार्ने भएको छ। कर्णाली प्रदेशलाई पर्यटनमैत्री प्रदेश बनाउन बजेटको व्यवस्था गर्ने उद्योग वत तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले बताए । कर्णालीको राराबाट प्रधानमन्त्री ओलीले समृद्धिको सन्देश दिने भएकाले कर्णालीवासीको विकास र समृद्धिको सपना पुरा हुने मन्त्री बुढाले बताए। आगामी नयाँ वर्षको पहिलो दिनमा आन्तरिक तथा बाह्य पर्यटक रारा आउने भएकाले कर्णाली राजमार्ग खाल्डाखुल्डी भर्ने, सडक छेउछाउका वस्तीमा सरसफाई गर्न मन्त्री बुढाले निर्देशन दिएका छन्। जिल्ला समन्वय समितिले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागीले कर्णालीलाई पर्यटनले बदल्नु पर्ने बताएका थिए। रारा कर्णाली पर्यटन वर्ष २०७५ सफल पार्न जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको संयोजकत्वमा २९ सदस्यीय जिल्ला स्तरीय पर्यटन मूल समारोह समिति चयन भएको छ। खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डेले जिल्लामा विकासका पूर्वाधारमा कामको गति ढिलाई भएकाले यसको तत्काल प्रदेश सरकारबाट कार्यन्वयन गर्न आग्रह गरे। मेयर पाण्डेले जिल्लाको खानेपानी, पुलपुलेसा, सिचाई, पर्यटन, शिक्षा, स्वास्थ्य र जलविद्युतका क्षेत्रमा विकास गर्न बजेटको व्यवस्था गर्न र अनुगमन गर्न आग्रह गर्दै प्रदेश कानुनमन्त्री नरेश भण्डारीलाई ज्ञापनपत्र पेश गरेका छन्। 

प्रकाशित: १६ चैत्र २०७४ १५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App