coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महाकालीमा भारतले बनाएकाे पुल स्थानीयले भत्काए

भारतले अनुमति विना महाकाली नदीमा दोपखे क्षेत्रमा लगाइएको काठेपुल ।

दार्चुला– भारतले महाकाली नदीमा निर्माण गरेका अस्थायी काठेपुल राप्लाका स्थानीयले हटाएका छन्। जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ३ ठाउँमा नेपाल-भारत जोड्ने  सीमानदी महाकालीमा लगाएका पुल हटाएको प्रहरीले जनाएको छ।

राप्लाको दोपाखे ताम्पाकु र नमजंग मा रहेको पुलहरु स्थानीयले हटाएका हुन्। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर  बाटो बनाएको थियो। भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति नै नभएको  व्यास गाउँपालिका–२  ताम्पाकु, घाटबगर, दोपखे नज्यागं क्षेत्रमा काठे पुल निर्माण गरेको थियो। सोही क्षेत्रमा नेपाली भुमि भएर मेसिनहरु आफ्नो भूमिमा लैजान भारतीय पक्षले नेपाली भूमिमै बाटोसमेत बनाएर डोजर ढुवानी गरेको थियो।

भारतीय पक्षले नेपालीहरुलाई बस्ती क्षेत्रमा पुल बनाउन नदिएको, नेपालीहरुलाई सहयोग पुग्ने गरी पुल बनाउन सहयोग नगरेको भन्दै स्थानीय आक्रोशित भई आफै पुल हटाउन अग्रसर भएका हुन। जिल्ला प्रशासन कार्यालय  पटक–पटक निवदेन दिएर नेपालीहरुलाई सहज हुने स्थानमा पुल लगाई दिन आग्रह गरेपनि स्थानीयको माग सम्बोधन हुन नसकेको स्थानीय हरकसिह बुढाथोकी बताए। भारतीयहरुले आफूले चाहेको ठाउँमा पुल लगाउने, नेपाली भुमीमा आएर प्राकृतिक स्रोत साधनको दोहन गरिरहने, आफूहरुले भारतलाई मात्रै फाइदा हुने र नेपालीहरुलाई कुनै फाइदा नहुने क्षेत्रमा राखिएका पुलहरु आफहरुलाई  असह्य पुलहरु भत्काइएको स्थानीयको दाबी रहेको छ। 

उत्तरी सीमा क्षेत्रमा स्थानीयले पुल लगाउन गरेको प्रयास र यसबाट उत्पन्न हुन सक्ने थप जटिलताका विषयमा छलफल गर्न दिउँसो जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकसमेत बसेको सुरक्षा स्रोतले बताएको छ। नेपालतिर बस्ती नै नभएको ठाउँमा महाकाली नदीमाथि पुल निर्माण गरेको भारतले नेपाली बस्तितिर भने पुल निर्माण गर्न दिएको थिएन। यही कुरालाई लिएर  राप्लाका स्थानीय नेपालीहरुले भारतले बनाएका पुलहरुसमेत भत्काउने भन्दै उक्त स्थानतिर गएको खबर आएकाले वास्तविकता बुझ्न प्रहरी टोली खटाइएको थियो, जिल्ला प्रहरी कार्यालय प्रमुख जनकबहादुर शाहीले भने। सुन्सेरा प्रहरी चौकी र दुम्लिङ प्रहरी चौकीबाट प्रहरी खटाइएको र सुरक्षा सर्तकता अपनाइएको छ। साथै सीमा क्षेत्रमा भई रहेको गतिविधि र दुम्लिङ्को अवस्था बुझ्न सशस्त्र प्रहरीको एक टोली समेत सीमा गस्तीमा  खटाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले बताए। 

अहिले नेपाली सेनाको एक टोली उक्त क्षेत्रको गस्तीमा रहेको विगत एक हप्तादेखि व्यास गाउँपालिकाको बुँदी क्षेत्रमा रहेको नेपाली सेनाले अहिले तल्लो दुम्लिङ्मा अस्थायी क्याम्प स्थापना गरेर उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ। त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति नै नहुने र भारतीयले मनोमानी गरेको सहदै आएका स्थानीयमा सुरक्षा निकायको उपस्थिति संगै प्रतिकार गर्ने सम्मको हौसला प्रदान भएको आकलन गरिएको छ। 

भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली सीमा नदीमा एकतर्फी काठे पुल लगाई  संचालन गरेको नेपाली पक्षको गम्भीर बिरोध भएपछि संचालनमा रोक लागेको र महाकाली नदीमै पुल बनाई नेपाली भूमिमै आएर  बाटो बनाएको र डोजर प्रयोग भएको घटना नेपाल र भारतका अधिकारीबीच भारतको पिथौरागढमा भएको सीमा बैठकमा नेपाली पक्षको कडा आपत्ति पश्चात संचालनमा रोक लगाइएको थियो।

प्रकाशित: १४ चैत्र २०७४ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App