७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा तीनको मृत्यु, २ घाईते

टीकापुर – कैलालीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान जानुका साथै २ जना घाईते भएका छन्।

लम्की चुहा नगरपालिका–२ गणेशपुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा एउटै मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। ट्राफिक प्रहरीका अनुसार से ५ प ४८०३ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का २५ वर्षीय नेत्र रावल र मोटरसाइकलमा सवार बर्दिया गेरुवा गाउँपालिका–२ का १८ वर्षीय शिवराज बोगटीको ज्यान गएको हो। 

बोगटीको उपचारका लागि अस्पताल लैजादै गर्दा र रावलको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा से २ प ७९८१ नम्बरको मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका २२ वर्षीय दीपक चौधरी गम्भिर घाईते भएका छन्। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ। सो मोटरसाइकलमा सवार आशाराम चौधरी सामान्य घाईते रहेको लम्किस्थित ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी नायब निरिक्षक शोभानसिँह कार्कीले जानकारी दिए। उनका अनुसार विपरित दिशाबाट गैरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो। 

यस्तै बर्दगोरीया गाउँपालिका– ५ कोइलीभुरुवा नजिक पानी बोकेको ट्यांकर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। से १ ख २०१ नम्बरको पानी ट्यांकर पल्टिदा डडेल्धुरा परशुराम नगरपालिकाका २५ वर्षीय उत्तम बोहराको ज्यान गएको कार्कीले बताए।

प्रकाशित: ९ चैत्र २०७४ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App