बुटवल– आयोजक रुपन्देही ११ लाई हराउँदै नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको फाइनमा प्रवेश गरेको छ। बुटवलमा जारी २० औं तिलोत्तमा गोल्ड कपमा बुधबार भएको सेमीफाइनलमा पुलिसले सडेन डेथमा रुपन्देही ११ लाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो।
सडेन डेथमा ४—३ गोल अन्तरले पुलिस बिजयी भएको हो। घरेलु मैदानमा दर्शकको साथ र हौसला पाएपनि रुपन्देही ११ ले धेरै वटा अवसर गुमाउँदा उपाधिको दावेदारी प्रस्तुत गर्न सकेन।
सुरु देखिनै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित समय सम्म कुनै गोल हुन नसकेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी ३÷३ गोल भएपछि सडेन डेथमार्फत पुलिसले उपाधिको दावेदारी प्रस्तुत गर्यो। सडेन डेथमा रुपन्देही ११ का कर्ण लिम्बुले हानेको बललाई पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल भएका थिए। पुलिसका रेजिन सुब्बाले हानेको बललाई भने रुपन्देही ११ का किपर सोजित गुरुङले रोक्न सकेनन।
खेलमा पुलिसमा गोलकिपर रोशन खड्काले म्यान अफ द म्याच हुँदै नगद ११ हजारसहित ट्रफि पाए। पुलिसले अब चैत ३ गते शनिबार बिहीबार हुने सेमीफाइनलको बिजेतासंग उपाधिका लागि भिडने छ।
बिहीबार दोस्रो सेमीफाइनलमा मनाङ मर्याङ्गदी र थ्री स्टारका बीचमा खेल हुनेछ।
प्रकाशित: ३० फाल्गुन २०७४ १५:१० बुधबार