coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तामाङ सञ्चार समूह काठमाडौंमा ग्लान

काठमाडौं– तामाङ सञ्चार समूह काठमाडौं शाखाको अध्यक्षमा युनिक रक्षे ग्लान निर्वाचिन भएका छन्। दोस्रो जिल्ला अधिवेशनबाट पुन ग्लानको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।

त्यस्तै, उपाध्यक्षमा राजकुमारी जेसुम, सचिवमा मिक्साङ वाईबा र कोषाध्यक्षमा अर्जुन तामाङ निर्वाचित भएका छन्। सदस्यहरूमा मानकाजी तामाङ, सरोज तामाङ, दिल तामाङ, सन्तोष योञ्जन, राम तामाङ, मानकाजी तामाङ, हिरोज लोप्चन, सोम्फे पाख्रिन र सानु तामाङ रहेका छन्। 

त्यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधीका लागि निर्वाचित अध्यक्ष युनिक, रोजिना दोङ र साङमो योन्जन चुनिएका छन्। तामाङ सञ्चार समूह केन्द्रीय अधिवेशन चैत्र १० गते हुँदैछ। 

प्रकाशित: ३० फाल्गुन २०७४ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App