"

पदमुक्त पराजुलीसँग राष्ट्रपतिले लिएको सपथ वैध कि अवैध ?

बुधबार, ३० फागुन २०७४, १७ : ३१ नागरिक



काठमाडौं– न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा बहाल रहने उमेर गएको साउन २१ मै सकिएको भन्दै पराजुली पदमा नरहेको पत्र सार्वजनिक गरेको केही मिनेट मै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पराजुलीबाटै लिएको सपथ वैध कि अवैध भन्ने प्रश्न उठेको छ । 

साउन २१ गतेदेखि अहिलेसम्म प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले गरेका कामको कानुनी मान्यता रहन्छ । कानुनी प्रभाव शून्य चाँही हुँदैन । तर सार्वजनिक वैधताको कुरामा जनस्तरमा प्रश्न उठिरहनेछ ।

नागरिकन्यूजसँगै अन्य अनलाइन मिडियाले न्यायपरिषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्रमा राष्ट्रपति कार्यालयलाई समेत वोधार्थ दिंदै पराजुलीको ‘उमेर हद साउन २१ मै सकिएकोले पदमा नरहेको व्योहोराको पत्र’ सार्वजनिक गरिसकेका थिए । न्याय परिषदका सचिवको पत्रमा प्रधानन्यायाधीशलाई नै सम्बोधन गरिएको छ । 

अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘पदमै नरहेको भनि औपचारिक विदाइ पत्र थमाउन मात्र बाँकी रहेको अवस्थामा सपथ माथि प्रश्न उठ्नसक्छ ।’ पराजुलीले राष्ट्रपतिलाई सपथ दिलाउँदा उनको हातमा अवकाश पत्र भने परेको थिएन ।

साउन २१ देखि गरेको काम के हुन्छ?

अधिवक्ता अर्याल भन्छन्, ‘साउन २१ गतेदेखि अहिलेसम्म प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले गरेका कामको कानुनी मान्यता रहन्छ । कानुनी प्रभाव शून्य चाँही हुँदैन । तर सार्वजनिक वैधताको कुरामा जनस्तरमा प्रश्न उठिरहनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अध्यक्ष लोकमान सिंह कार्की निलम्बन हुँदाको प्रसंग जस्तै हो ।’
यसैगरी अहिलेसम्म लिएको सेवा सुविधा ज्यालादारी सरह काम गरेर खाएको भन्ने अर्थमा लिने परम्परा छ । पेन्सन वा अन्य सुविधाको हकमा सेवा अवधि साउन २१ गतेसम्मको मात्र कायम रहन्छ । 

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...