coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘पदमुक्त’ प्रधानन्यायाधीशबाट राष्ट्रपतिको सपथ

शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिँदै राष्ट्रपति भण्डारी। तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ गराए।

राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।

उता प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई सपथ गराई रहँदा प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायापरिषदले पठाएको थियो।  

 

प्रकाशित: ३० फाल्गुन २०७४ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App