८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन्। उनलाई न्यायपरिषदले उमेरका कारण पदमुक्त भएको पत्र पठाएको छ। यता पराजुलीले भने शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

न्याय परिषद सचिवालयले काटेको पत्रमा ‘न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै पनि न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रवधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च.नं. ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/ २१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११/३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँछु’, उल्लेख छ।

 

प्रकाशित: ३० फाल्गुन २०७४ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App