१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा बालिकाको मृत्यु

सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा मंगलबार दिउँसो भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार दिउँसो साढे तीन बजेतिर स्थानीय जगत नेपालीको तीन तले खरले छाएको घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषा ढोलीको जलेर मृत्यु भएको हो।

बाल बालिकाहरु खेलिरहेको बेला घरमा आगोलागी भएको एसपी चर्तुवेदीले जानकारी दिए। आगलागीमा परेर प्रदिप नेपालीको छ वर्षीय छोरा निराजन नेपाली घाइते भएका छन्। उनलाई थप उपचारका लागि कैलालीको टीकापुर लगिएको छ। प्रहरी र स्थानीयको सहयोगमा बेलुका साढे सात बजेतिर आगो नियन्त्रणमा आएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७४ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App