७ वैशाख २०८१ शुक्रबार
खेल

म्यानचेस्टर युनाइटेडको उपाधि उचाल्ने सपना अधुरै

काठमाडौं – इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई स्पेनीस क्लब सेभिल्लाले २–१ ले पराजित गरेको हो।
यी दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

सेभिल्लालाई क्वाटरफाइनलमा पुर्याउन बेन एडरले दुबै गोल गर्दा र युनाइटेडका रोमेलु लुकाकुले एक गोल फर्काए। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ७२ औं मिनेटमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा एडरले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि पुन एडरले अर्को गोल थपेपछि अग्रता दोब्बर बनाए। २–० ले पछि परेको युनाइटेडका लागि ८४ औं मिनेटमा रोमेलु लुकाकुले एक गोल फर्काएका थिए। त्यसपछि निर्धारित समयको खेलमा कुनै गोल नभएपछि युनाइटेड प्रतियोगिताबाट बाहिरियो।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई पराजित गर्दै इटालीको एएस रोमा क्वाटरफाईनलमा प्रवेश गरेको छ। आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन खेलको ५२ औं मिनेटमा एडिन जेकोले निर्णायक गोल गरेका थिए।

खेलको ७९ औं मिनेटमा इभान ओर्डेट्स रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि शख्तर १० खेलाडीमा सिमित भएको थियो।
पहिलो लेगमा २–१ ले पराजित रोमा दोस्रो लेगमा विजयी भएसँगै खेल २–२ गोलको बराबरीमा पुग्यो। यस्तो अवस्थामा शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको हो।

प्रकाशित: ३० फाल्गुन २०७४ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App