coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘हाँसोको खुराक हो शत्रु गते’

‘शत्रु गते’ प्रचार गर्ने क्रममाप्रहसनगर्दैै दीपाश्री निरौला र हरिवंशआचार्य ।

दमक – वरिष्ठ हास्यकलाकार हरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ १७वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् । ‘हाँसिदेउ एक फेर’ यता फिल्ममा सँगै नदेखिएका दुवैले ‘शत्रु गते’ भने अभिनयसँगै निर्माणमा पनि साझेदारी गरेका छन् । सशस्त्र द्वन्द्व लगायतका कारणले १७ वर्षसम्म सिनेमाको पर्दामा उत्रन नसकेको उनीहरूको भनाइ छ।

उनीहरूले निर्माण गरेको अर्को चलचित्र‘शत्रु गते’ चैत ९ गतेदेखि मुलुकभर एकै साथ रिलिज हुँदैछ । दमकमा मंगलबार पत्रकारसँग कुरा गर्दै निर्माता मध्येका एक हरिवंश आचार्यले समय र परिस्थितिले त्यसपछि सिनेमामा काम गर्ने मौका नजुरेको बताएका छन् । ‘त्यस बेला मुलुक चरम द्वन्द्वमा थियो,’उनले भने, ‘त्यसपछि शान्तिप्रकृयाको सुरुवात भयो, हामी जनचेतनामुलक काममा लाग्यौ ।’आचार्यले फिल्म छाडेको बखत‘आमा’, ‘हरिबहादुर मदनबहादुर’लगाययतका टेलिचित्र निर्माणमा खटिएको बताए । ‘त्यस बेलाको परिस्थिति त्यहीअनुसारको थियो,’उनले सुनाए, ‘हामीले जनतालाई शान्तिको कामना सहितका टेलिचलचित्रहरू निर्माण गर्नुपर्ने बाध्यता आइपर्यो । यसबीचमा टेलचित्रमा भएपनि दर्शकले सवैमा सद्भाव राख्नु भएको थियो।’

आचार्यले ‘शत्रुगते’औसत चलचित्र रहेको बताए । उनले चलचित्रमा माया प्रेम, सामाजिक सद्भावसहित हास्य व्यंग्यसमेत रहेको बताए । ‘चलचित्र हाम्रो हिसाबले उत्कृष्टब नाएकै छौ, तर दर्शकको चाहाना अनुरुपको नहुन पनि सक्छ,’उनले भने, ‘ एक पटक हल सम्मगएर हेर्दा छि भन्ने खालको पक्कै छैन हाँसोको खुराकको रुपमा यसलाई तयार गरेका छौं।’

चलचित्रका निर्माता किरण केसीले चलचित्रले सामाजिक विषय बस्तुलाई प्रस्तुतग रेको बताए । उनले चलचित्रमा सामाजिक विषयसंगै हास्यब्यंग्य पनि रहेको बताए । ‘हामीले समााजिकविषय बस्तुसंगै अन्य विषयबस्तुलाई समेत आधार बनाएका छौ,’उनले भने, ‘ सवै परिवार बसेर आरामले हेर्न मिल्ने फिल्मबनेको छ ।’ पत्रकार सम्मेलनमा फिल्मका अन्यक लाकारहरू दिपाश्री निरौला, पलशाह, शिवहरि पौडेल, आँचल शर्मा आदिले पनि चलचित्र उत्कृष्ट बनेको दाबी गरेका थिए।

मोफसल प्रचारका क्रममा मंगलबार दमक पुगेको फिल्मको टोलीले सोमबार झापाकै बिर्तामोडमा पनि पत्रकारसँग भलाकुसारी गरेको थियो । यस अघि कलाकारको टोलीले चितवन, बुटवल, पोखरा आदि स्थानमा पनि फिल्मको बारेमा जानकारी गराएको थियो । प्रदिप भट्टराईको निर्देशन रहेको फिल्मलाई वर्षकै प्रतीक्षित फिल्म मानिएको छ । फिल्ममा महसँगै दीपक राज गिरी, प्रियंका कार्की, रमेशरञ्जन झा, शिवहरि पौडेल, राजाराम पौडेल आदि कलाकारको पनि अभिनय रहेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App