८ वैशाख २०८१ शनिबार
खेल

टालटुले पुननिर्माण

शब्द तथा तस्बिर : विजय गजमेर

काठमाडौं – २०४४ साल फागुन २९ गते त्रिभुवन च्यालेन्ज सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाबीच दशरथ रंगशालामा भएको फाइनलमा हावाहुरी र असिनापानी बर्सिंदा भागदौडमा ७३ जनाको मृत्यु भएको थियो।

विश्व खेलकुदकै ठूला दुर्घटनामध्येको एक यसमा दशरथ रंगशालाको कमजोर सुरक्षा व्यवस्था प्रमुख कारण थियो। रंगशालाको एउटा मात्र ढोका खुला थियो। त्यसको मुखैमा चिप्लो परेको खाल्डो थियो। भाग्ने क्रममा धेरै दर्शक त्यही खाल्डोमा चिप्लिएर एकमाथि अर्को भएर मृत्युको मुखमा पुगेका थिए। 

रंगशाला आधुनिक नहुनु घटनाको मुख्य कारण थियो। २०७२ को भुइँचालोले चिरा परेको रंगशाला अहिले पुनर्निर्माणको क्रममा छ। तर पुरानै संरचनामा झारो टार्ने पारामा भइरहेको पुनर्निर्माणले यस्तो दुर्घटना फेरि दोहोरिँदैन भन्ने  ग्यारेन्टी  नभएको विज्ञहरू बताउँछन्।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App