८ वैशाख २०८१ शनिबार
खेल

त्रिभुवन आर्मीलाई पहिलो सफलता

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा जावालाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ। न्यु डायमन्डसँग पहिलो खेल गुमाएको आर्मीले जावलाखेललाई २५–१०, २५–१५, २५–१८ को स्कोरमा पराजित ग¥यो।

मंगलबारै अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ढोरपाटन स्पोटर्स क्लबमाथि सोझो सेटमा विजय हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

हलचोकस्थित आफ्नै कोर्टमा भएको समूहचरणको आफ्नो अन्तिम खेलमा किशोरी खेलाडीहरूको टोली ढोरपाटनमाथि २५–८, २५–५, २५–९ को प्रभावशाली जित हासिल गरेपछि आयोजक एपिएफ समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। समूहको पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि जित हासिल गरेको एपिएफको यो लगातार दोस्रो जित थियो।

प्रतियोगितामा बुधबार शिवम् न्यु डायमन्ड र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको खेलपछि  समूह ‘क’ बाट सेमिफाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ख’ बाट उपविजेताका रूपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो पुलिस र ढोरपाटनबीच बुधबार हुने खेलले लगाउनेछ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App