८ वैशाख २०८१ शनिबार
खेल

श्रीलंकामाथि भारतको जित

कोलम्बो – तीव्र गतिका बलर शार्दूल ठाकुरले महत्वपूर्ण ४ विकेट लिएपछि सोमबार भारतले त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाअन्तर्गत श्रीलंकाविरुद्ध ६ विकेटको विजय हासिल गरेको छ।

भारतका लागि पाँचाैं ट्वान्टी–२० खेलेका २६ वर्षे ठाकुरले उत्कृष्ट बलिङ गरेपछि आयोजक श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर  १ सय ५२ रन बनाएको थियो । मनीष पाण्डेयले ३१ बलमा अविजित ४२ तथा दिनेश कार्तिकले अविजित ३९ रन बनाएपछि १ सय ५३ रनको लक्ष्य भारतले ९ बलअगावै ४ विकेट गुमाएर पूरा ग¥यो।

‘यो कन्डिसन बलरका लागि सहज थिएन तर यस्तो अवस्थामा पनि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे,’ भारतीय कप्तान रोहित शर्माले भने, ‘मैदान केही ओसिलो थियो । त्यसका बावजुद बलरले राम्रो गरे । मनीष (पाण्डेय) र दिनेश (कार्तिक)ले कठिन अवस्थामा राम्रो खेल्दै खेल जिताए।’

भारत १ सय ८५–४ को कठिन अवस्थामा थियो । तर पाण्डेय र कार्तिकले संयमित ब्याटिङ गर्दै पाँचाैं विकेटका लागि ६८ रनको अविजित साझेदारी गरेपछि भारतको जित सहज भएको थियो।

‘श्रीलंकाका बलरले सुरुमा राम्रो गरेका थिए । हामीले पाँचौं नम्बरमा म ब्याटिङ गर्न जाने र अन्तिमसम्म बसेर खेल सकेर फर्किने रणनीति बनायौं । पाँचौ विकेटका ठोस साझेदारी गर्दै उनीहरूमाथि दबाब बढाउँदै लग्यौं,’ भारतका ब्याट्सम्यान पाण्डेयले भने ।
वर्षाले आउटफिल्ड भिजेका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । आक्रमक ब्याटिङ गरेका कुशल मेन्डिसले अर्धशतक पूरा गरेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको श्रीलंकाले प्रतिस्पर्धात्मक योगफल बनाउन सफल भएको थियो।

ओपनर मेन्डिसले ३८ बलमा ३ छक्का र ३ चौकासहित ५५ रन जोडेका थिए । मेन्डिसले एक इन्डबाट रन बटुले पनि श्रीलंकाले अर्काे इन्डबाट निरन्तर विकेट गुमायो । अर्का ओपनर धनुष्का गुणथिलका १७ तथा उपल थारंगाले २२ रन  बनाएर पवेलियन फर्किए।

४ ओभर बलिङ गरेका ठाकुरले २७ रन दिएर ४ विकेट लिँदा वासिङ्टन सुन्दरले २ विकेट लिए । युजभेन्द्र चाहल, विजय शंकर र जयदेव उनडकटको नाममा १÷१ विकेट रह्यो । भारतले बिहीबार बंगलादेशलाई हराउँदाको टोलीमा १ खेलाडी परिवर्तन गरेका थिए । ऋषभ पन्तको स्थानमा ब्याट्सम्यान केएल राहुललाई टोलीमा समेटिएको थियो।

श्रीलंकाले कप्तान दिनेश चण्डीमलको स्थानमा सुरुङ्गा लकमललाई स्थान दिएको थियो । बलिङमा ढिलाइ गरेका कारण कप्तान चण्डीमल दुई खेलका लागि निलम्बनमा परेका छन् । जितसँगै भारतले सिरिजको अंकतालिकामा ४ अंक जोडेको छ । ३ खेलमा दुई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको भारतले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  पराजित श्रीलंका ३ खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा छ । अब भारतले बुधबार बंगलादेशसँग खेल्नेछ।

यस्तै, २ खेलमा २ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । लिग खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App