७ वैशाख २०८१ शुक्रबार
खेल

दिदीबहिनी फाइनलमा

काठमाडौं – जुम्ल्याहा दिदी–बहिनी माहिका र मायंका सहवीर स्मृति खुला लन टेनिस प्रतियोगिताको महिला एकल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन्।

हलचोकस्थित एपिएफको कोर्टमा भएको खेलमा माहिकाले गंगालाई ६–०, ६–२ तथा मायंकाले इराएम रावतलाई ७–५, ६–४ को सेटमा पराजित गर्दै उपाधि होडमा भेट पक्का गरेका हुन्।

यस्तै मंलबारै पुरुष एकल स्पर्धामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्यो । प्रणव खनालले मानबहादुर कटुवाललाई ६–१, ६–१ ले पराजित गरे । पहिलो सेटमा ७–६ ले पछि परेका विकास खड्का दोस्रो सेटमा रिटार्यड हर्ट हुँदै बाहिरिएपछि प्रदीप खड्का अन्तिम चारमा प्रवेश गरे । जितेन्द्र परियारले कमल भण्डारीलाई १–६, ६–१, ७–५ ले पराजित गर्दा सन्तोष खत्रीले अनिल शाहीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे।

यस्तै, भेट्रान ४५ वर्षमाथि एकल उमेरसमूहमा सागर गुरुङ, डेगेन्द्र श्रेष्ठ, राजु श्रेष्ठ र विमल गुङले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्र्दै अन्तिम चारमा स्थान सुरक्षित गरे भने निजामती कर्मचारीतर्फको स्पर्धामा निरान केसी, सुरजकुमार श्रेष्ठ, उत्तम बोगटी र सेसर गुरुङले पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाए।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App