७ वैशाख २०८१ शुक्रबार
खेल

नङ्सल र रसिला फाइनलमा

काठमाडौं – त्रिभुवन आर्मीका नङ्सल तामाङ र रसिला महर्जन राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा महिला एकल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन्।

हलचोकस्थित एपिएफको कोर्टमा नङ्सलले एपिएफकी शोभा गौचनलाई पराजित गर्दा रसिला महर्जनले झापाकी जेसिका गुरुङलाई हराउँदै उपाधि होडमा पुगेका हुन्।

खेलमा आर्मीकी तामाङले गौचनलाई २१–१२, २१–१३ ले पराजित गर्दा महर्जनले गुरुङलाई २१–१३, २१–१७ को स्कोरले स्तब्ध पारिन्।
मंगलबारै सम्पन्न पुरुष एकल स्पर्धामा त्रिभुवन आर्मीका नवीन श्रेष्ठले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१९, २१–१२ ले हराउँदा एपिएफकै दीपेश धामीले विजित थापालाई २१–१९, २१–११ ले पराजित गरे । यस्तै, रत्नजित तामाङले प्रफुल्ल महर्जनलाई २१–११, २१–८ ले तथा दार्चुलाका प्रिन्स दाहालले भोजपुरका विकास श्रेष्ठलाई २१–१८, २१–१८ ले पराजित गरे । विजयी  खेलाडीले सेमिफाइनल प्रवेश पाए।

मंगलबारै पुरुष यु–१७ उमेरसमूहबाट क्वार्टरफाइनल पुग्ने खेलाडीको टुङ्गो लाग्यो । खेलमा प्रिन्स दाहाल, दिवस शाही, रिजन महर्जन, योगेश खड्का, उज्ज्वल पोखरेल, देवराज राना, एलिस थापा र प्रफुल्ल महर्जनले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरे।

मंगलबारै भेट्रान युगल ४५ वर्षमाथिको उमेरसमूहमा राजु भुजु र हरिप्रसाद श्रेष्ठ, भूमि गुरुङ र कर्ण शाही, राजु महर्जन र सुनील वज्राचार्य, नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे।

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App