"

निजी सम्पत्ति : गणराज्य र गणतन्त्र

बुधबार, ३० फागुन २०७४, ०८ : २६ हरिराम जोशी


गणराज्यको समाज संगठनमा कसैको पनि निजी सम्पत्ति भन्ने हुँदैन । सम्पत्ति हुन्छ त राज्यको ढुुकुटीमा । राज्यले दुनियाँको आवश्यकतालाई अनिवार्य रूपले पुर्याउनु पर्छ । दुनियाँको जीविकोर्पाजनका लागि अत्यावश्यकीय आवश्यकताहरू पूरा गर्नु राज्यको सर्वप्रमुख दायित्वका रूपमा लिइन्छ । हाम्रो धार्मिक भनौैँ या सांस्कृतिक परम्परामा पनि यस यथार्थको स्पष्ट झझल्को भेटिन्छ । यस विश्व ब्रह्माण्डका प्रथम गणनायक रहेका भगवान् शिव–पशुपतिको गणपति स्वरूपमा तिनको माथि वर्णित भएअनुसार जनगणको समाज व्यवस्थामा सम्पूर्ण प्राणी खासगरी मनुष्य मात्रलाई समता भावले व्यवहार गर्दै तिनीहरूलाई निम्नलिखित अधिकार प्रदान गरिएको स्पष्ट रूपले परिलक्षित हुन्छ :

१. सर्वप्रथम, मानिसहरूलाई बाँच्नका लागि अत्यावश्यक जीविकोपार्जनका साधन राज्यबाट उपलब्ध गराइनुपर्छ अर्थात् तिनीहरूलाई बाँच्ने अधिकार हुनु अत्यावश्यक छ । प्राणीमात्रको जीवनाधारकारूपमा पानीलाई लिएर तिनका देवता जलविनायक नामले ख्यात छ । यसका लागि चोभारस्थित जलविनायकलाई उदाहरणकारूपमा लिइन्छ। 

२. दोस्रो, मनुष्यमात्रलाई स्वस्थकर जीवन त्यतित गर्ने अधिकार हुनु अनिवार्य छ । त्यसका लागि उदाहरणार्थ चाबहिलको रक्तविनायक अर्थात् चन्द्रविनायकलाई लिइन्छ। 

३. तेस्रो, मानिसलाई आफ््नो जीवनको वह पोख्ने अधिकार हुनु अनिवार्य छ । त्यस्तो अधिकार नभएमा समाजमा सामान्य अधिकारबाट असामान्य अवस्था सिर्जना हुन केही बेर लाग्दैन । त्यसैले दुनियाँलाई मानिस भई बाँच्नका लागि अनिवार्य रहेको वाक्स्वतन्त्रताको अधिकार प्राप्त हुनु जरुरी छ । यस कुराको उदाहरणार्थ भक्तपुरस्थित सूर्यविनायकलाई लिइन्छ ।

४. चौथो, यस संसारमा मानिसहरूलाई दुःखी भएर नभई शोकरहित बाँच्ने अधिकार प्राप्त हुनु जरुरी छ । यसका लागि उदाहरणकारूपमा काष्ठमण्डप समीपको अशोक विनायकलाई लिइन्छ ।

५. पाँचौँ, प्रस्तुत समाज संगठनलाई स्थायित्व प्रदान गर्नका लागि सबै मानिसलाई राष्ट्रको काम गर्ने भनौँन, देशका लागि मरिमेट्ने भावना जागृत गराउने भावना राज्यबाट हुनु अनिवार्य छ । यसको तात्पर्य मानिसहरूलाई काम गर्ने अधिकार हुनु आवश्यक छ । यसका लागि उदाहरणार्थ, ललितपुरको बुंमतिस्थित कार्यविनायकलाई लिइन्छ ।

अर्को, माथि वर्णित भएअनुसार राज्यले बाहेक अरू कसैले निजी सम्पत्ति राख्न नपाउने व्यवस्था भएअनुरूप स्वयं गणपति गणेश रहेका भगवान शिव दिगम्बर रही भोले बाबा भएको कारण उपर्यक्त यथार्थको पुष्टिमा टेवा मिल्छ । उनी सम्पूर्ण मानवमाथि समान रूपले व्यवहार गर्थे । उनी देव, दानव एवं मावनमा कुनै भेदभाव राख्दैनथे । पौराणिक साहित्यको अध्ययनमा यसकुराको हामीलाई स्पष्ट ज्ञान हुन्छ । उनी असल–असल, राम्रा–राम्रा एवं सुगन्धित वस्तुको बदला सामान्य–सामान्य वस्तुहरूलाई नै बढी रुचाउँथे । सुगन्धित बास्नादार फूल एवं वस्तुहरू उनी मन पराउँथे । त्यस्तै, तिनका दुनियाँहरू पनि भूत, प्रेत, हरि ख्याक एवं कवें (कंकाल शरीरयुक्त) आदि मनुष्यहरू नै मूलभूतरूपले रहेका थिए । यसरी साँच्चै भन्ने हो भने आजको अर्थमा तिनीहरू सर्वहारा वर्ग नै थिए । अनि सर्वहारावर्गको अधिनायकवाद भन्नाले सरकारको नेतृत्व गर्ने व्यक्ति यथार्थतः आफ्नो भन्ने केही नहुने सर्वहारा व्यक्ति नै हुने हुन्छ । उपयुुक्त समाज संगठनमा गणाध्यक्षको सम्मुख भनौँ या गणपतिको अध्यक्षतामा तत्कालीन समाजका सभाहरू बस्थे । सैन्धव उत्खननमा मात्र एक मृणमुहरमा योगासनमा अवस्थित शिव पशुपतिका सम्मुख विभिन्न प्राणीहरूको उपस्थिति पाइएबाट उपयुक्त अनुमान गरिएको हो । एक प्रकारले भन्ने हो भने प्राणी मात्रलाई नै पशुपंक्षी भन्ने गरेको पाइएको र उपर्युक्त मुहरमा उत्कीर्ण पशुपति शिवको आकृतिमा सिङयुक्त पशु एवं मानव स्वरूप स्पष्ट रूपले दृष्टिगत भएकोबाट उक्त मूर्ति शिव पशुपतिको हो भनीअनुमान गरिएको हो, जुन स्पष्ट रूपले ठीक रहेको प्रतीत हुन्छ । 

स्त्री एवं पुरुष समानरूपले अधिकारयुक्त थिए । उनीहरू पनि आफ्नो स्वत्वमाथि कुनै प्रकारले आँच आउने देखेमा त्यसको प्रतिकार गर्न सदा तत्पर रहन्थे । गणनायक शिवले आफ्नी पत्नीलाई कुरै कुरामा काली भनी सम्बोधन गर्दा त्यसको विरोध गर्दै शिवले जतिसुकै अुननय विनय गर्दा पनि त्यसको कुनै प्रवाह नगरी हिमालयमा तपस्या गर्न गएको पौराणिक आख्यानले स्पष्ट रूपमा दर्शाएको छ । त्यस्तो स्थितिमा शिव बहुलाजस्तै भएर यत्रतत्र हिँड्न लागेका थिए । शिव पत्नी सतिदेवी दूधको यज्ञमा सम्मिलित हुन शिवले जस्तै विरोध गरेका थिए, त्यसबेला सत्यदेवीले दश महान् विद्याहरूको सृष्टि गरी शिवलाई नै तर्साएकी थिइन् । फेरि शिवद्वारा पार्वती पुत्रको वध गरिँदा पार्वतीले नव दुर्गाहरूको सृष्टि गरी महदेवसमेत सम्पूर्ण देवताहरूलाई नै तर्साएको कुरा पौराणिक आख्यानमा वर्णित  छ। 

समाजमा निजी सम्पत्ति राख्ने अधिकार कसैलाई पनि नभएपछि राज्यले तिनीहरू सबैलाई तिनीहरूको वृत्तिअनुसार अलगअलग सामूहिक समूहमा राखी तिनीहरूलाई खानपानको व्यवस्था गर्नुपर्ने आवश्यक हुन्छ। 

मानिसहरूको वृत्तिअनुसार तिनीहरूलाई खानपानको व्यवस्था अलग अलग हुनु जरुरी छ । त्यस्तो नभई सबैलाई एउटै किसिमको खानपानको व्यवस्था मिलाइएमा त्यसले समाज एवं देशलाई उचित प्रतिफल देला भन्नु गाह्रो छ । अर्को वृत्तिअनुसार मानिसहरूको अलग–अलग समूह गठन गरिनाले देशको कला, धर्म, संस्कृति आदि सर्वाङ्गीण क्षेत्रमा यथेष्ट उन्नति हुने हुँदा यस दिशातिर प्राचीन कालदेखि नै खास दृष्टि दिन थालिएको थियो । यसै यथार्थको परिवर्तित रूप विभिन्न विषयक गोष्ठीहरू हुन् । उत्तर प्राचीनकालीन नेपालका अभिलेखहरूमा विविध विषयक गोष्ठीहरू भएको पाइएबाट अदिमयुगदेखि नै समाजमा एक प्रकारको कम्युन व्यवस्था लागु भएर माथि वर्णित भएझैँ त्यसको परिवर्तित रूप गोष्ठीस्थापनाको परम्परा स्थापित भएको स्पष्ट लाग्छ । फेरि गणव्यवस्थामा गणाध्यक्षहरूको पद सधैँ एकै व्यक्तिका हातमा नरही देशका जनगणको स्वेच्छामा जोसुकै व्यक्तिले ओगट्न सक्थ्यो । यस यथार्थको पुष्टि शैव गणव्यवस्थामा गणाध्यक्षका विभिन्न व्यक्तिहरू रहेको पाइएबाट हुन्छ । शैव गणका गणपतिमा नन्दी, भृृंगि, इन्द्र, चर आदि व्यक्तिहरू पनि भएका उदाहरण पाइएकोलाई यहाँ उदाहरणकारूपमा लिइन्छ । शैव सम्प्रदायमा बाहेक अन्य देवताहरूमा यस्तो किसिमको गणव्यवस्था विद्यमान रहेको विरलै होला जस्तो लाग्छ । यद्यपि गणदेवताहरूको रूपमा विभिन्न देवताहरूलाई लिइएका छन्, तर ती देवताहरूमा शैव सम्प्रदायमा जस्तो विभिन्न व्यक्तिहरू गणपति भई उही एक पदमा गणाध्यक्ष भई आसिन भएको पाइएका छैनन् । यहाँनिर यसको कुरालाई बिर्सनु छैन कि दैत्यराज चण्डासुर सर्वप्रथम देव मानव सबैलाई विनष्ट गर्न दानवहरूको एक विशाल सेना लिई लड्न आएका थिए । तिनको त्यस आक्रमणलाई जगदम्बीकाले भनौँ देवी चण्डेश्वरीले बहादुरी साथ लडेर मार्न लागेका थिइन् । तर त्यस दानवराजले आफ्नो दानवीय आचरणलाई त्यागेर गणव्यवस्थामा पूर्णतः आश्वस्त रही तिनमै आफूलाई आबद्ध गरे । यसबाट उनी देवीद्वारा तिनको दानवी प्रवृत्तिको ध्वंश गरियो । यो देवी चण्डेश्वरीको मन्दिर सम्मुख नै अवस्थित थियो । पूर्व १ नम्बर भनौँ काभ्रे पलाञ्चोकको बेनपास्थित चण्डेश्वरी मन्दिरको सम्मुख चण्डेश्वर महादेवको मन्दिर अवस्थित रहेकोलाई यहाँ उदाहरणार्थ लिइन्छ। 

उपर्युक्त गण व्यवस्थामा गणाध्यक्षहरूले कुनै प्रकारको खराबी गरेमा तिनीहरूलाई दण्ड पनि दिइन्थ्यो । महाभारत, आदिपर्वमा देवगणका गणपति भइसकेका पाचँजना इन्द्रहरूलाई हिमालयको एक गुफामा थुनी राखेको आख्यान वर्णित भएको पाइएबाट उपर्युक्त यथार्थको पुष्टि भएको लाग्छ । ती पाँचजना इन्द्रहरू नै पछि गएर पाँच पाण्डवकारूपमा जन्म लिन पुगेका थिए। 

उपर्युुक्त विभिन्न आधारहरूको सूक्ष्मतर अध्ययन गरिएको खण्डमा मानव जगत्मा दुःखको प्रारूप निजी सम्पत्ति राख्ने परम्परा भित्रिएदेखि नै भएको स्पष्टतः लाग्छ । निजी सम्पति राख्ने चलन सुरु हुनु अगाडि सबै हामी नै हौँ भन्ने भावना प्रचलित रही समाजमा खुसीयाली छाएको थियो । तर आज यो सिद्धान्तलाई अंगिकार गर्ने भनिएको मुलुक एवं त्यसका अनुयायीहरूमै निजी सम्पत्ति राख्ने होड देख्दा मलाई लाग्छ, आजको विश्वमा सिद्धान्तको कुनै मूल्य छैन र सिद्धान्तको नारा खालि आफ्नो स्वार्थ पूर्तिका लागि मात्रै रहेको छ । 

(संस्कृति, इतिहासजस्ता विषयमा आफ्नै शोधखोजमा २८ भन्दा बढी पुस्तक लेखिसकेका ८२ वर्षीय संस्कृतिविद् जोशी अध्ययन–अनुसन्धानमा सक्रिय छन् । उनलाई निजी स्तरबाट ‘संस्कृति शिरोमणि’को उपाधि पनि दिइएको छ ।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...