८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङ एस९ र एस९ प्लस नेपाली बजारमा

काठमाडौं– नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस९ र एस९ प्लस प्रस्तुत गरेको छ। 

एस९ र एस९ प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ। यसमा संशोधित गरिएको ड्युल एपर्चर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस् तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ। 

एस९ र एस९ प्लसमा एकेजी, अझ बढी सुधारिएको रिफाइन्ड इजी–टु–इजी इनफिनिटी डिस्प्ले, तथा नयाँ स्मार्ट थिङस् एप, सामसङको विद्यमान एलओटी सेवासहित उपलब्ध रहेको छ। यी फोनमा भएका यस्ता सुविधामार्फत एक फोनमा व्यापक सुविधाहरु प्राप्त गर्न सकिन्छ। 

सामसङका नेपाल प्रमुख प्रणयरत्न स्थापितले ‘मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको छ” भने। 

उनका अनुसार ग्यालेक्सी एस९ र एस९ प्लस मोबाइलको मूल्य ५ हजारको तुरुन्त क्यास ब्याकसहित क्रमशः  ९२ हजार ९ सय र १ लाख ४ हजार ९ सय तोकिएको छ। क्यास ब्याकपछि एस९ को मूल्य ८७ हजार ९ सय र एस९ प्लसको ९९ हजार ९ सय हुनआउने छ। 

प्रकाशित: २९ फाल्गुन २०७४ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App