coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियासँग वार्ताका लागि थप शर्त नराखिने’

वासिङ्टन– अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उनले वार्ताका लागि उत्तर कोरियालाई थप नयाँ शर्त तेर्साउनु नहुने बताएका छन्।

उनले वार्तामा रहेका जोखिमप्रति राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको समेत स्पष्ट पारे। अमेरिकी फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै उनले भने, ‘वार्ता नाटकका लागि नभई’ समस्या समाधान गर्न गरिन लागेको हो। राष्ट्रपति ट्रम्पले शिखर बैठकबाट ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्नुहुनेछ।’ 

तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित: २९ फाल्गुन २०७४ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App