"

पुनर्गठित मन्त्रालयले साइनबोर्ड परिवर्तन गर्दै

मङ्गलबार, २९ फागुन २०७४, १५ : ५७ नागरिक


काठमाडौं– पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न थालेका हुन्। 

हालै जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार सम्बद्ध मन्त्रालयका काम कर्तव्य र अधिकारसमेत विभाजन गरिसकेपछि पुनर्गठित मन्त्रालयले सोही बमोजिम आफ्नो नाम राख्न थालेको कार्यालयका सहसचिव डिल्लीराम शर्माले बताए। 

अहिले जलस्रोत तथा ऊर्जा, खानेपानी तथा शहरी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयले नाम परिवर्तन गरिसकेका छन्। 

यस्तै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामसमेत परिवर्तन गरिसकिएको छ। 

पुनर्गठित मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाहेक अन्य १२ मन्त्रालयले नाम परिवर्तन गर्नुपर्ने हुन्छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...