"

कार दुर्घटनामा १ को मृत्यु, ३ घाइते

मङ्गलबार, २९ फागुन २०७४, १३ : २५ नागरिक


चितवन – चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा मंगलबार बिहान भएको कार दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बबरको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।  (रासस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...