८ वैशाख २०८१ शनिबार
खेल

आर्मी र मनाङ ३ दिनको बीचमा दोस्रो पटक भिड्दै

भैरहवा – रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ।

खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरू हुनेछ।

आर्मी यो सिजनको सबैभन्दा सफल क्लब हो। आर्मीले सोमबार झापामा आयोजित तेस्रो झापा गोल्डकपको उपाधि जित्दै यस वर्ष ७ वटा उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।

यही फागुन २६ गते झापा गोल्डकपको सेमिफाइनलमा आर्मीले मनाङलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। ३ दिनको बीचमा दोस्रो पटक यी दुई टोली भिड्न लागेका हुन्। आजको खेलमा मनाङलाई आर्मीविरुद्ध झापामा ब्यहोरेको हारको बदला लिने अबसर रहेको छ।

यसअघि सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै रुस्लान थ्रीस्टार क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चैत्त ३ गतेसम्म चल्ने गोल्डकपमा ‘ए’ डिभिजनका ७ सहित १० टोली सहभागी छन्। प्रतियोगिताका विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App