८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण अफ्रिका विजयी

पोर्ट अफ एलिजाबेथ – तीब्र गतिका बलर कागिसो राबाडाको उत्कृष्ट बलिङप्रेरित दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले ४ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ।
राबाडाको बल प्रभावकारी बनेपछि अस्ट्रेलिया दोस्रो इनिङमा २ सय ३९ रनमा सिमित भएको थियो । १ सय ४० रनको लक्ष्य दक्षिण अफ्रिकाले २२.५ ओभरमा ४ विकेटको क्षतीमा पूरा ग¥यो ।दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले २८ र हसिम अमलाले २८ रन जोडे । २८ बल खेलेका डी भिलियर्सले ४ चौका र १ छक्का प्रहार गर्दा ४२ बल सामना गरेका अमलाले ३ चौका प्रहार गरे । अस्ट्रेलियाका स्पिनर नाथान लियोनले २, प्याट कमिङस् र जस हाज्लेउडले एक–एक विकेट लिए।

यसअघि २२ ओभर बलिङ गरेका राबाडाले ५४ रन खर्चदै ६ विकेट लिए । त्यस्तै केशव माहाराजा र लुइजी ङिधीले दुई÷दुई विकेट लिए । तर आइसिसीको कारबाहीमा परेपछि राबाडाले शृंखलाका बाँकी दुई टेस्ट गुमाउने भएका छन् । शृंखलाको दोस्रो दिन शनिबार अस्ट्रेलियाका कप्तानविरुद्धको एलबिडब्लु अपिलमा सफल भएपछि खुसी मनाउने क्रममा बढी उत्साहित बनेका राबाडाले स्टिभ स्मिथलाई धक्का दिएका थिए।

१८०–५ बाट चौथो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले थप ५९ रन जोड्दा बाँकी पाँच विकेट गुमायो । अस्ट्रेलियाका मिचेल मार्सले ४५ र टिम पायनेले अविजित २८ रन जोडे । १ सय २५ बल खेलेका मार्सले ४ चौका र १ छक्का प्रहार गर्दा ५० बल सामना गरेका पायनेले २ चौका प्रहार गरे।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App