"

केनको चोटमा टोटेनह्यामलाई पीडा

मङ्गलबार, २९ फागुन २०७४, १० : ०४ एजेन्सी


लन्डन – स्ट्राइकर ह्यारी केन कूर्कुच्चाको चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिए पनि सन ह्युङ–मिनको दुई गोलप्रेरित टोटेनह्यामले आइतबार बर्नमाउथमाथि ४–१ को सहज विजय हासिल गरेको छ।

यस जितपछि टोटेनह्याम लिभरपुललाई पछि पार्दै इङलिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिए पनि केनको चोट क्लब र इङल्यान्ड राष्ट्रिय टोलीका लागि चिन्ताको विषय बनेको छ। इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले बिहीबार यसै महिनाका लागि नेदरल्यान्ड्स र इटालीविरुद्ध हुने तय भएका दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्ने तयारी गरेका थिए ।

१०औं मिनेटमा जुनियर स्टानिस्लसले एडम स्मिथको पासमा गरेको गोलमा बर्नमाउथले अग्रता लिएको थियो । मध्यानतर हुन ११ मिनेट बाँकी हुँदा केन कुर्कुच्चाको चोटका कारण मैदनबाट बाहिरिदा १–० ले पछि परेको टोटेनह्याम दबाबमा थियो । केनको स्थानमा एरिक लामेला मैदान प्रवेश गरेका थिए । केन बाहिरिएको एक मिनेटपछि नै डेले अलीले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काए । अलीले सेर्गी औरियरको पासलाई पोस्टको दिशा दिएका थिए।

६२औं मिनेटमा सनले अलीको पासमा गोल गरेर टोटेनह्यामलाई अग्रता दिलाए । खेल सकिन ३ मिनेट बाँकी हुँदा क्रिस्टियन इरिक्सनको पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामको अग्रता ३–१ मा पु¥याएका थिए । जारी सिजनमा उनको यो १८औं गोल हो । इन्जुरी समयको पहिलो मिनेटमा सेर्गी औरियरले बर्नमाउथका रक्षक आस्मिर बेजोभिचले राम्रोसँग क्लियर गर्न नसकेको बलमा गोल गर्दै टोटेनह्यामको सहज जित पक्का गरेका थिए।

यस जितपछि ३० खेलमा ६१ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा उक्लियो । जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ४ अंक कम र तेस्रो स्थानको लिभरपुल भन्दा १ अक बढी हो । एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको सिटीको ७८ अंक छ । समान खेल खेलेका चेल्सी ५६ र आर्सनल ४८ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारै सम्पन्न खेलमा आर्सनलले वाट्फोर्डलाई ३–० को नतिजामा पराजित ग¥यो । घरेलु इमिरेटस् रंगशालामा आठाैं मिनेटमा स्कोर्डान मुस्ताफीको गोलमा अग्रता लिएको आर्सनलका लागि पिरे इमेरिक औबामेयाङले ६२ तथा समय सकिन १३ मिनेट बाँकी हुँदा हेनरिक एमखिटार्यनले गोल थपेका थिए।

‘हामी पछिल्लो समय खराब लयबाट गुज्रिरहेका थियौं । हाम्रा समर्थक पनि चिन्तित थिए,’ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने, ‘तर आज हामीले समर्थकको निराशा केही मात्रमा भए पनि कम गर्ने प्रयास गरेका छौं । आशा छ, यो लय आगामी खेलमा पनि कायम हुनेछ।’

बात्सुईको दुई गोल
बर्लिन – बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मिचे बात्सुईले इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि बोरुसिया डर्टमन्डले आइतबार जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टमाथि ३–२ को नाटकीय जित हात पारेको छ।

१२औं मिनेटमा डर्टमन्डका मार्को रिउसको आत्मघाती गोलमा फ्रयांकफर्टले अग्रता लिएको थियो । ७५औं मिनेटमा लुका जोभिचले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि बात्सुईले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । बात्सुई ६२ औं मिनेटमा म्याक्सि मिलान फिलिपको स्थानमा मैदान प्रवेश गरेका थिए।

इन्जुरी समयको पहिलो मिनेटमा ड्यानी ब्लुमले गोल गर्दै फ्रयांकफर्टलाई २–२ को बराबरीमा ल्याए । दुवै टोली अंक बाढ्ने अवस्थामा पुगिसक्दा इन्जुरी समयको पाँचौं मिनेटमा बात्सुईले डर्टमन्डका लागि निर्णायक गोल गरे।

यस जितपछि २६ खेलमा ४५ अंक जोडेको डर्टमन्ड तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको साल्के भन्दा १ अंक कम हो । त्यस्तै समान खेलमा ६६ अंक जोडेको बायर्न म्युनिख शीर्ष स्थानमा यथावत छ । ४४ अंक जोडेको बायर लेभरकुसन चौथो र ४२ अंक जोडेको फ्रयांकफर्ट पाँचौं स्थानमा छ।
जर्मन बुन्डेसलिगा अन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा आरबी  लिपजिग र भिएफबी स्टुटगार्टले गोलरहित बराबरी नतिजा निकाले।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...