८ वैशाख २०८१ शनिबार
कला

शिल्पासँग ‘ब्रेकअप’ गर्दै आशिरमान

काठमाडौं–डेब्यु फिल्म ‘ग्याङ्स्टार ब्लुज’ पछि कुनै पनि फिल्ममा नदेखिएका नायक आशिरमान देशराज जोशी नयाँ फिल्म ‘ब्रेकअप’मा शिल्पा मास्केको जोडीका रुपमा दर्शकमाझ आउने भएका छन् । यसै साताबाट फ्लोरमा जाने फिल्मले केही समय अघि राजधानीमा पत्रकारमाझ फिल्म युनिट सार्वजनिक गरेको थियो।

हेमराज बिसीको निर्देशन रहने फिल्ममा आशिरमान हेमराजकै फिल्म ‘ग्याङ्स्टार ब्लुज’मा बनाएको रिसाहा छविलाई नयाँ फिल्ममा परिवर्तन गर्दै सरल प्रेमीका रुपमा दर्शकमाझ आउनेछन् । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को व्यानरमा फिल्म बन्नेछ।

रोहित अधिकारी, रेणु राणा र रुपक थापाको लगानी रहने फिल्ममा सलोन बस्नेत, सरोज खनाल, रेमनदास श्रेष्ठ, ईच्छा कार्कीको पनि अभिनय हुनेछ। भदौ १५ मा रिलिज मिति तोकिएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने पत्रकार बैकुण्ठराज पराजुली लाइन प्रोड्युसर छन् । नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत र कविराज गहतराजको कोरियोग्राफी हुनेछ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App