"

१० जना यौनहिंसा र बलात्कारमा

सोमबार, २८ फागुन २०७४, २० : ०६ नागरिक


काठमाडौँ– गत मंसिर महिनादेखि हालसम्म १० भन्दा महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको बताउँदै भनेकी छिन्, ‘‘सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ ।’’ 

उनले नेपालको संविधानले यौनजन्य हिंसालाई कानुनबमोजिम दण्डनीय गर्ने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरे पनि पाउन नसकेको बताउँदै हिंसापीडित महिलालाई न्यायका लागि पहल गर्ने क्रममा स्थानीय प्रशासन, प्रहरी र सरकारी वकिलका कार्यालयलाई संवेदनशील भई न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छिन् ।

आयोगले केही सञ्चारमाध्यमबाट पीडितको पहिचान हुने गरी तस्वीरसहितको समाचार प्रकाशन गरिनाले पीडितको गोपनीयताको अधिकारमा गम्भीर असर परेकाले संवेदनशीलता अपनाउन समेत आग्रह गरेको छ । (रासस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...