७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुखमा महराद्वारा उम्मेद्वारी दर्ता

सभामुखमाा उम्मेद्वारी दर्ता गराउँदै कृष्णबहादुर महरा । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – संघीय संसदको सभामुखमा नेकपा माओवादीका नेता कृष्णबहादुर महराले उम्मेद्वारी दर्ता गराएका छन्। 

महराले पूर्वसभामुख सुवास नेम्वाङको प्रस्ताव तथा माओवादीका प्रमुख सचेतक देव गुरुङको समर्थनमा सभामुखमा मनोनयन दर्ता गराएका हुन्। 

शुक्रबार बिहान बसेको माओवादीको बैठकले महरालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो। 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने भएको छ । 

सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे। 

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App