८ वैशाख २०८१ शनिबार
अन्य

माइतीघरमा युरोसियन मेन्यु

माइतीघर मण्डलाबाट पूर्वतिर लाग्दा कलेजी रङको भवन देखिन्छ । भवनवरिपरि बगैँचा छ, जहाँ राखिएका छन्, रातो रङका कुर्सी।

यो हो, थिस्टल ट्र्यांगल रेस्टुरेन्ट। गत वर्षदेखि सञ्चालनमा आएको रेस्टुरेन्टका सञ्चालक हुन्, रमेश बस्नेत । बस्नेतले दुई वर्ष सिंगापुरमा हस्पिटालिटी म्यानेजमेन्टको अध्ययन गरे। सिंगापुर अध्ययनलगत्तै थप अध्ययनका लागि युके गए । अध्ययनसँगै त्यहाँको रेस्टुरेन्ट ‘स्पाइसी तड्का’मा काम गर्न थाले । ‘युकेमा बस्दा जीवन र संघर्षबारे थाहा पाउने मौका पाएँ,’ किताब पढ्न रुचाउने बस्नेतले भने, ‘जीवनमा सकारात्मक सोचको विकास गर्न सकियो भने अगाडि बढ्न सहज हुन्छ।’

युकेमा सात वर्ष बिताएपछि उनी नेपाल फर्के, केही गर्ने सोच लिएर । त्यसपछि उनले थिस्टल ट्र्यांगल सञ्चालन गरेका हुन् । थिस्टलमा खाना र बार दुवैको सुविधा छ ।‘नयाँ परिकारको स्वाद लिने मानिसको रुचि बढेको छ,’ उनले भने, ‘हामीले पनि त्यस्तै खालका परिकार बढी बनाउँछौँ ।’

थिस्टल ट्र्यांगल गर्मी मौसममा फुल्ने अमेरिकी फूलको नाम हो । यो फूल धेरै मनपर्ने भएकाले रेस्टुरेन्टको नाम राखेको उनले बताए ।

थिस्टल ट्र्यांगल गर्मी मौसममा फुल्ने अमेरिकी फूलको नाम हो । यो फूल धेरै मनपर्ने भएकाले रेस्टुरेन्टको नाम राखेको उनले बताए।रेस्टुरेन्टको नाम थिस्टल ट्र्यांगल राख्नुमा उनको आफ्नै परिभाषा पनि छ । ट्र्यांगलले किचन, बार र प्लेसलाई पनि जनाउने उनले बताए । ‘ट्र्यांगलको अर्थ पिपुल, फुड, मेमोरी पनि हो,’ उनले भने । यहाँ विभिन्न स्वादका पिज्जा, इटालियन पास्तालगायत परिकार पाइन्छ।

यहाँको मेन्युमा ट्र्यांगल युरोएसियन फुड लेखिएको छ । जसमा ६० प्रतिशत युरोपेली र ४० प्रतिशत एसियाली फुड उपलब्ध छन् । युरोपिएन र एसियन फुडको कम्बिनेसन गरेर नयाँ परिकार बनाइएको बस्नेत बताउँछन् । उनी आफूले नेपालमा युरेसियन मेन्यु चिनाउन चाहेको दाबी गर्छन् ।

यो रेस्टुरेन्टले विशेष रूपमा युरेसियन मेन्युलाई नै महत्व दिइरहेको छ । युरोपेली र एसियाली कम्बिनेसनका फुडको स्वाद लिनेका लागि यो रेस्टुरेन्ट उपयुक्त हुनसक्छ ।

त्यसैले यो रेस्टुरेन्टले विशेष रूपमा युरेसियन मेन्युलाई नै महत्व दिइरहेको छ । युरोपेली र एसियाली कम्बिनेसनका फुडको स्वाद लिनेका लागि यो रेस्टुरेन्ट उपयुक्त हुनसक्छ ।
थिस्टल ट्र्यांगलमा पाइने केही परिकार :
बफ्लो विङ्स
झट्ट सुन्दा बफ्लो विङ्सको अर्थ भैँसीको पखेटा भन्ने लाग्छ । यो बफ्लो विङ्स भने कुखुराको पखेटा हो । यसको नाम न्युयोर्कको बफ्लो सिटीबाट राखिएको हो । यो एक प्रकारको मसलेदार सस हो । यो ससमा तीन चिज मह, कागती, अफ्रिकन खुर्सानीको स्वाद पाउन सकिने बस्नेत बताउँछन् ।
‘यसको स्वाद स्विट, स्पाइसी र लेमनेबल हुन्छ,’ उनले भने । बफ्लो विङ्स पनि तीन प्रकारका छन् ।
स्मोकिङ बफ्लो विङ्स

बालबालिका र कम मसला, पिरो खान मनपराउनेका लागि तयार पारिएको परिकार हो, स्मोकिङ बफ्लो विङ्स । ‘पिरो र मसला कम खानेका लागि बफ्लो विङ्सको स्वादमा रमाउनबाट वञ्चित नहोऊन् भनेर यो आइटम राखेका हौँ,’ बस्नेतले भने ।बफ्लो विङ्समा चार पिस कुखुराको विङ्स, स्यालेड, ब्लु चिज र बफ्लो विङ्स राखिएको हुन्छ । ब्लु चिजले स्पाइसी फुड खाँदा पिरो कम गराउने उनले बताए ।
इन्टेन्सी फायर बफ्लो विङ्स

यो मसला र पिरो खान रुचाउनेका लागि हो । खानाका परिकारमा ठिक्क खालको मसला र पिरोको स्वाद रुचाउनेलाई इन्टेन्सी फायर बफ्लो विङ्स बनाइएको बस्नेत बताउँछन् । इन्टेन्सी फायर बफ्लो विङ्समा चिल्ली फ्लेक्स राखिएको हुन्छ।
सेफस् च्यालेन्ज बफ्लो विङ्स 

नाम सुन्दा नै फरक लाग्ने बफ्लो विङ्स सेफको आफ्नो डिजाइन हो । धेरै नै मरमसला र पिरोको स्वाद लिन चाहनेको  रोजाइ बन्न सक्छ, सेफस् च्यालेन्ज बफ्लो विङ्स ।

पेरी पेरी विङ्स
यो कुखुराको पखेटाबाट बनाइन्छ । यो अफ्रिकाको प्रचलित खाना पनि हो, जसको स्वादमा भेनेगर, लेमन र चिल्लीको स्वाद बढी हुन्छ । पेरी पेरी विङ्स निकै स्पाइसी हुन्छ ।
हिमालयन्स् चिज फिंगर
हिमालयमा चिजको प्रयोग गरेर हिमालयन चिज फिंगर बनाइन्छ । हिमालयन चिज फिंगरमा हिमालयबाट ल्याइएको चिज, ब्रेड र थिस्टलको विशेष ससको परिकार हो । नेपाली प्रोडक्टलाई प्रचार गरौँ भन्ने हेतुले यो आइटम राखेको बस्नेत बताउँछन् ।
क्यालामारी रिङ्स
क्यालामारी रिङ्स सी फुड हो । टाराटोर सससँग क्यालामारी रिङ्सको स्वाद निकै स्वादिलो हुन्छ । क्यालामारी रिङ्स नेपालमा कम पाउने उनी बताउँछन् ।

मुस्ताङे आलु
नेपालकै पहाडी भेगको आलुलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो परिकार बनाइएको हो । बटर र टिमुरको स्वादमा मुस्ताङे आलुको फरक स्वाद पाउन सकिन्छ । हाफ बोइल्ड, हाफ फ्राई गरेर मुस्ताङे आलुको परिकार तयार गरिने बस्नेत बताउँछन् ।

कुर्रोबुटो पोर्क चप
यो जापानिज फुड हो । कुर्रोबुटो पोर्क (सँगुर–बङ्गुर)मा स्टिम भेजिटेबल, आलु चिप्स्, सस्, मरिचको स्वाद हुने उनले बताए । कुर्रोबुटो पोर्क चप नेपालमा यहाँबाहेक अन्य ठाउँमा नपाइने उनको दाबी छ।
मेमफिस् स्टाइल हिक्कोरी स्मोक्ड
यसलाई पोर्कको करङको भागलाई हिकोरीको काठमा स्मोक गरेर तयार पारिन्छ । थिस्टलको सस्को स्वादमा पोर्कका पारखीले स्वाद लिन सक्छन् । मेमफिललाई एकै लहरमा स्ल्यास गरेर बार्बिकी सस्ले कोट गर्ने उनी बताउँछन् । एउटा मेमफिस्मा ६ पिस हुन्छ।

गोर्खा चिकेन
बोनलेस चिकनलाई नेपाली स्वादमा बनाइने रमेश बताउँछन् । स्पेसल सस्सँग गोर्खा चिकेनको स्वाद खान मनपराउनेका लागि गोर्खा चिकेन राम्रो रोजाइ हुन्छ । नेपाली स्वादमा बनाउन नेपाली भेगमै पाइने मरमसलाको प्रयोग गरिने सञ्चालक बताउँछन्।
मन्डल हाउस प्राटर
साकाहारीका लागि विशेष परिकार रहेको मण्डल हाउस प्राटरमा हरेक प्रकारका तरकारीको कम्बिनेसन गरेर तयार पारिएको हुन्छ । जसमा मुस्ताङे आलुलगायत मौसमी तरकारीको मिक्स जसलाई समूहमा बाँडेर खान सक्ने उनको अनुमान छ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App