"

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा

शुक्रबार, २५ फागुन २०७४, ०९ : ५६ नागरिक


भक्तपुर – महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन्। 

१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला र पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न नसकिएको बताउँदै यसको अन्त्य गर्न अझै समय लाग्ने बताए। 

पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिला माथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि बिकराल बन्दै गएको भन्दै उनले सबै प्रकारका हिंसाको अन्त्य गर्नु जरुरी रहेको बताए। 

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले महिला हिंसाको अन्त्य गर्नसके समाज विकास तीव्रगतिमा हुने चर्चा गर्दै महिलाबाटै हुने हिंसालाई रोक्नु पनि जरुरी रहेको औँल्याए। हिंसा न्यूनीकरणका लागि कानून बनेपनि कार्यान्वयनमा जटिलता आउँदा समस्या आएको बताउँदै उनले महिला आफैँ यसमा जागरुक हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले महिला हिंसालाई कम गर्न उजुरी दिने प्रचलन बढ्नु पर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएका रकमको दुरुपयोग गर्दै महिलाबाट पनि पुरुष हिंसा बढ्दै गएको बताए। 

कार्यक्रममा महिला विकास कार्यालयकी प्रमुख नीला घिमिरेले महिला हिंसाका बारेमा वार्षिक प्रतिवेदन पेश गरे । नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गोष्ठी र सेमिनारले मात्रै महिला हिंसा न्यूनीकरण नहुनेमा जोड दिँदै महिलाका विषय तल्लोस्तरसम्म पुग्नुपर्नेमा जोड दिए। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...