"

रसुवामा साढे तीन मेट्रिक टन कफी उत्पादन

शुक्रबार, २५ फागुन २०७४, ०७ : ३५ नागरिक


रसुवा– रसुवामा एक वर्षमा करिब साढे तीन मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो।

कफीको माग बढ्दै गएपछि कृषकले कफी खेती विस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको छ । कफीले राम्रो बजार पाउन थालेपछि कृषकले कफी खेती विस्तार गर्दै लगेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा करिब ७.५ हेक्टर क्षेत्रफलमा कफी खेती हुने गरेको छ । जिल्लामा उत्पादित कफीको तयारी दाना बिक्रीका लागि काठमाडौं र सिन्धुपाल्चोक लैजाने गरिएको छ । वार्षिक रुपमा करिब १२ लाख रुपैयाँ बराबरको कफी बिक्री हुने गरेको कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताए।

यो वर्ष कफी उत्पादन बढेको र तथ्यांक संकलन गर्ने कार्य भइरहेको उनले बताए । कफी उत्पादन बढाउनका लागि कार्यालयले तालिम दिने तथा अनुदानमा कफीको बिरुवा वितरण गर्ने गरेको छ ।केही वर्ष पहिले घरायसी प्रयोजनका लागि थोरै परिमाणमा कफी उत्पादन हुँदै आएकोमा अहिले सामूहिक रुपमा नै कफी उत्पादन गरेर बिक्री गर्ने गरेको पाइन्छ।

जिल्लाको भोर्लेमा सात मेट्रिक टन, लहरेपोवामा चार, धैबुङमा चार र सरमथलीमा वार्षिक दुई मेट्रिक टन कफी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...