काठमाडौं– केटिएमले नेपालमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ आयोजना गर्ने भएको छ । शनिबार सातदोबाटो स्विमिङ कम्प्लेक्समा उक्त प्रतिस्पर्धा हुने भएको हो।
उक्त कार्यक्रममा स्लोभेनियाबाट स्टन्ट राइडर रोक बगारोज आएको केटिएमले जारी विज्ञप्तिमा उल्लेख छ । अस्ट्रेलियामा उत्पादन भएको युरोपको एक नम्बरको स्पोर्टस बाइक ब्रान्ड रहेको विज्ञप्तिमा छ । जसलाई नेपालमा हंशराज हुलासचन्द एन्ड कम्पनीले सार्वजनिक गरेको थियो।
प्रकाशित: २५ फाल्गुन २०७४ ०१:०५ शुक्रबार