coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ।

क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्डले ४१ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

स्कटल्यान्डका लागि क्याले क्वेटजरले सर्वाधिक ८८ रन बनाए। १३६ बल खेलेका उनले ७ चौका र ३ छक्कामा नटआउट रहे। सिडी वाल्सेलाई १७ रन, एचजी मुन्सी १० रन, आरडी बेरिङ्गटन १ रन, सीएस माक्लिओड १५ रन, एमएच क्रसले १५ रन बनाए। सफ्यान शरिफ ५ रनमा नटआउट रहे। 

बलिङतर्फ बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २, ललित राजवंशी र दिपेन्द्र ऐरी समान १ विकेट लिए।

यसअघि टस जितेर व्याटिङ रोजेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। ७५ बल खलेका पारसले ९ चौकासहित ६३ रन बनाए।

बसन्त रेग्मीले नटआउट २४, सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

नेपाललाई सस्तैमा समेटन स्टकल्यान्डका लागी स्टुवार्ट ह्विटिंगमले ३, सफ्यान सरिफले २, तथा रिची, इभान्स र टोम सोलीले समान एक–एक विकेट लिए।

सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपालको आजको हारसँगै छनोटको सम्भावना लगभग समाप्त भएको छ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब थियो।

पहिलो खेलमा आइतबार अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्कटल्यान्डले मंगलबार हङकङलाई ४ विकेटले हराएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७४ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App